शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मेलमिलापको पुर्नताजगी तालिम

मेलमिलापको पुर्नताजगी तालिम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३ २०८३, आइतबार

बागलुङ/ढोरपाटन नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताका लागि तीन दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।

नगरपालिकाबाट दुइ वर्ष अघि दिइएको आधारभूत तालिमपछि वडा मेलमिलाप केन्द्र तथा नगर स्तरीय मेलमिलाप केन्द्रमा बसेर काम गर्न थालेका मेलमिलापकर्तालाई तालिम दिइएको नगरपालिकाकी न्यायिक सहजकर्ता पुनम केसीले जानकारी दिइन् ।

तालिममा अहिलेसम्म काम गर्दा आइपरेका समस्या, स्थानीय जनप्रतिनिधिको साथ र सहयोगको अबस्था तथा प्राविधिक विषयमा जानकारी दिइएको थियो ।

तालिमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले मेलमिलापले समाजलाई सभ्य बनाउने, पक्षलाई मितव्ययी बनाउने र स्थानीय सरकार संचालनमा सहज वातावरण बन्ने बताए । त्यसका लागि मेलमिलापकर्ताको भूमिका महत्वपुर्ण भएको घिमिरेले बताए ।

अघिल्लो वर्ष ढोरपाटन नगरपालिकामा ४० वटा विवादका विषय स्थानीय मेलमिलापकर्ता र न्यायिक समितिमार्फत निवारण भएका थिए । चालु वर्ष २४ वटा विषय आइसकेका छन् भने कतिपय मेलमिलापमा गैसकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को तफा ४७ (१) र (२) अनुसारका विवादहरु स्थानीय सरकारले मेलमिलाप र न्यायिक निरुपण गर्न पाउने व्यवस्था छ । सो व्यवस्थाका लागि पनि मेलमिलापकर्ताले कानूनी ज्ञान, मेलमिलापका चरणहरुको बारेमा स्पष्ट थाहा पाउनुपर्ने प्रमुख प्रशिक्षक अधिवक्ता निरन्जनलाल राजभण्डारीले बताए ।

तालिममा २० जना मेलमिलापकर्ता सहभागि रहेको नगरपालिकाका रोजगार संयोजक हिरालाल खनालले जानकारी दिए । यो तालिम पछि हरेक वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरेर सेवालाई चुस्त बनाउने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->