बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उपभोक्ता सक्षम भए जलवायु परिवर्तन न्यून गर्न सकिन्छ

उपभोक्ता सक्षम भए जलवायु परिवर्तन न्यून गर्न सकिन्छ


  • अमृत बास्कुने
  • जेष्ठ ३ २०८३, आइतबार

म्याग्दी/ जलबायु परिवर्तनका कारण जीवअस्तीत्व नै संकटमा पर्न सक्ने अवस्थाले गर्दा उपभोक्ताको तहबाटै यसमा सचेत हुन पर्नेमा जोड दिइएको छ । बेनी नगरपालिका क्षेत्र भित्रका सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी तालिममा उक्त प्रसंगमा जोड दिइएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीले आइतबार आयोजना गरेको मौसम तथा जलवायु सूचना सेवा प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा विविसि मिडिया एक्सनका धिरेन्द्र छिनालले जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर वनजंगलमै परेको बताउदै यसबाट सकारात्मक सुधारका लागि उपभोक्ता चनाखो हुनुपर्नेमा जोड दिए । पृथ्वीलाई जोगाउने पहिलो आधार नै वन संरक्षण भएको उल्लेख गर्दै वन डढेलोका अधिकांश घटना मानवीय कारणले हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्ने धारणा राखे । विविसि मिडिया एक्सनको सहकार्यमा यसवर्ष यो प्रकारको कार्यक्रम देशभरका २५ जिल्लामा सञ्चालन गरिएको अहिलेसम्म १८ जिल्लामा सम्पन्न भइसकेको यो कार्यमा विविसिको सहकार्य रहेको बताउँदै उनले विपद्बाट कसरी जोगीदै जोगाउने भन्ने सिक्नु पर्ने धारणा राखे ।

सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका अध्यक्ष सुन्तली जिसीले यस वर्ष नियमित वर्षा भइरहेकाले अघिल्ला वर्षको तुलनामा वन डढेलोको जोखिम कम देखिएको बताउदै जलवायु परिवर्तनले गर्दा हुने समस्या र यो समस्याको समाधान भन्दा पनि न्यूनिकरणका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिइन् । बेनी नगरपालिका भित्रका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीले आफूले सिकेका कुराहरु आफ्नो समूहलाई सिकाउने छन् । सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका सचिव मुक्ति खड्काले वनजंगलका पातपतिङ्गर र झाडीलाई व्यवस्थापन गरेर प्राङ्गारिक मल उत्पादन गर्न सके डढेलो नियन्त्रणसँगै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीकी अध्यक्ष सुन्तली जिसीले पछिल्लो समय नेपालमा मौसमको ढाँचा झन् अनिश्चित बन्दै गएको बताइन । अत्यधिक वर्षा, खडेरी, हावाहुरी, असिना, चट्याङ, बाढी, पहिरो र डढेलोजस्ता विपद्का घटनाले जनजीवन प्रभावित बनाइरहेको उनको भनाइ थियो । उनले शीतलहर र तातो हावाको जोखिम बढ्दै जाँदा कृषि, स्वास्थ्य, घरपरिवार, जीविकोपार्जन तथा दैनिक जीवनमा प्रत्यक्ष असर परिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनका असरबारे समुदायस्तरमै सचेतना आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->