बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘उपभोक्ता सक्षम भए जलवायु परिवर्तन न्यून गर्न सकिन्छ’

‘उपभोक्ता सक्षम भए जलवायु परिवर्तन न्यून गर्न सकिन्छ’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८३, सोमबार

पोखरा/पछिल्लो समय जलवायु परिवर्तनको चपेटाले गर्दा जीवअस्तित्व नै संकटमा पर्न सक्ने अवस्थाले गर्दा उपभोक्ताको तहबाटै यसमा सचेत हुनपर्नेमा जोड दिइएको छ । बेनी नगरपालिका क्षेत्र भित्रका सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी तालिममा यो धारणा बनेको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीले आइतबार आयोजना गरेको मौसम तथा जलवायु सूचना सेवा प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बीबीसी मिडिया एक्सनका धिरेन्द्र छिनालले जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर वनजंगलमै परेको बताउदै यसबाट सकारात्मक सुधारका लागि उपभोक्ता चनाखो हुनुपर्नेमा जोड दिए ।

बीबीसी मिडिया एक्सनको सहकार्यमा यस वर्ष यो प्रकारको कार्यक्रम देशभरका २५ जिल्लामा सञ्चालन रहेको र अहिले सम्म १८ जिल्लामा सम्पन्न भइसकेको बताउँदै उनले विपद्बाट कसरी जोगिने र जोगाउने भन्ने कुरा सिक्नै पर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका अध्यक्ष सुन्तली जिसीले यस वर्ष नियमित वर्षा भइरहेकाले अघिल्ला वर्षको तुलनामा वन डढेलोको जोखिम कम देखिएको जानकारी दिइन् ।

सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीका सचिव मुक्ति खड्काले वनजंगलका पातपतिङ्गर र झाडीलाई व्यवस्थापन गरेर प्राङ्गारिक मल उत्पादन गर्न सके डढेलो नियन्त्रणसँगै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->