पोखरा/पोखराका व्यवसायी उदयबहादुर केसी ‘लाहुरे दाइ’ नेपाल मोबाइल व्यवसायी महासंघको उपाध्यक्ष चुनिएका छन् ।
काठमाडौंमा सम्पन्न नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशनले उनलाई उपाध्यक्ष चुनेको छ ।
महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा डिल्लीबहादुर तामाङ, सातजना उपाध्यक्षतर्फ उदयबहादुरसहित दिलबहादुर लामा, सुवास बम, दीपक पाण्डे, दीपकबाबु बोगटी, बद्री कुँवर, सुरेश बानियाँ निर्वाचित भएका छन् ।
महासचिवमा छतेन्द्र आचार्य, कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठ, ४ सचिवमा ङेमा लामा, नारायण सुवेदी, विष्णु ज्ञवाली र सपना नहर्की र सहकोषाध्यक्षमा रुद्रमणि धिताल चुनिएका छन् ।





