पोखरा/पेशागत बीमा अभिकर्ता संघ नेपाल, एलआइसी नेपाल लिमिटेड बीमक शाखा समिति लेखनाथको पाँचौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले प्रतीक्षा रानाभाटलाई अध्यक्षमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मुरलीमोहन तिवारी,सचिवमा याममाया भुजेल(पूर्णिमा),कोषाध्यक्ष गीता बिमली,सह सचिवमा कल्पना हमाल र सदस्यहरुमा विनोद बराल,सुशीला पौडेल,विद्यादेवी बस्नेत थापा,सनिमाया राना पुन ,तुलसा पौडेल पण्डित र गणेश विश्वकर्मा रहेका छन्
अधिवेशनको पेशागत बीमा अभिकर्ता संघ एलआइसी नेपालका केन्द्रीय उपाध्यक्ष शंकरबहादुर कुवँरले उद्घाटन गरेका थिए ।





