आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तरुबुजा मेलामा किसानहरु सम्मानित

तरुबुजा मेलामा किसानहरु सम्मानित

मेलामा सबैभन्दा ठुलो तरबुजा उत्पादन गर्ने, मीठो तरबुजा उत्पादन गर्ने र उत्कृष्ट स्टल व्यवस्थापन गर्ने कृषकलाई सम्मान गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८३, बुधबार

पोखरा/पोखरा महानगरपालिका क्षेत्रमा सबैभन्दा धेरै क्षेत्रफलमा तरबुजा खेती गर्ने ४ जना तरबुजा कृषकहरूलाई सम्मानित गरेको छ ।

सम्मानित हुनेमा ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने कृषक बाघमारा पशुपालन तथा कृषि फर्म पोखरा ३३ तिखेढुंगाका सञ्चालक कृषक रमेश आचार्य,२४ रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने कृष्ति हिल कृषि तथा पशुपंक्षी हल फर्म पोखरा २१ का सञ्चालक ज्ञानबहादुर कार्की,२२ रोपनी क्षेत्रमा तरबुजा खेती गर्ने एस बराल कृषि फर्मका सञ्चालक सुन्दर बराल र २० रोपनी क्षेत्रफलमा तरबुजा खेती गर्ने मणिदिप कृषि फर्म पोखरा १३ का सञ्चालक श्रीधर बराल रहेका छन् । उनीहरुलाई क्रमशः १०,७, ५ र ३ हजार रुपैयाँ नगद पनि प्रदान गरियो ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं.१३ को आयोजनामा तरबुजा मेला २०८३ को अवसरमा किसानहरुलाई सम्मानित गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

यसअघि मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । मेलामा कृषक सम्मान, तरबुजा दौड तथा तरबुजा खाने प्रतियोगिता र तरबुजा क्विजसमेत समावेश गरिएको थियो । प्रतियोगिताका सहभागीहरूलाई पुरस्कार स्वरूप तरबुजा नै प्रदान गरिएको छ । मेलामा सबैभन्दा ठुलो तरबुजा उत्पादन गर्ने कृषक, मीठो तरबुजा उत्पादन गर्ने कृषक र उत्कृष्ट स्टल व्यवस्थापन गर्ने कृषकलाईसमेत सम्मान गरिएको छ । वडा अध्यक्ष किरण बरालको अध्यक्षतामा मेला सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->