आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा महानगरपालिकाको सूचना : फिर्केखोलाको खोला घरभित्र बनेका संरचना हटाउन अल्टिमेटम

पोखरा महानगरपालिकाको सूचना : फिर्केखोलाको खोला घरभित्र बनेका संरचना हटाउन अल्टिमेटम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८३, बुधबार

पोखरा/पोखरा महानगरपालिकाले फिर्केखोलाको खोला घरभित्र निर्माण  गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

महानगरपालिकाका अनुसार वडा नं. १८ को अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं. ६ गाईघाट पुगेर फेवातालमा मिसिने क्षेत्रमा निर्माण भएका संरचनाहरू हटाउन निर्देशन दिइएको हो।

महानगरपालिकाले यसअघि ३५ दिने सूचना जारी गरी संरचना हटाउन आग्रह गरेको थियो। उक्त विषयमा उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतबाट अन्तरिम आदेश जारी नभएको जनाइएको छ। त्यसपछि महानगरपालिकाले पुनः सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई २०८३ असोज ९ गतेभित्र आफैं संरचना हटाउन आग्रह गरेको छ।

निर्धारित समयभित्र संरचना नहटाए महानगरपालिकाले आफैं हटाउने र त्यस क्रममा लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने चेतावनी दिइएको छ।

पोखरा महानगरपालिकाले फिर्केखोलाको खुल्ला क्षेत्र संरक्षण, जलप्रवाह व्यवस्थापन तथा सार्वजनिक सुरक्षाका लागि यो कदम चालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->