आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासीलाई विवरण पेश गर्न महानगरको आग्रह

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासीलाई विवरण पेश गर्न महानगरको आग्रह


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८३, बुधबार

पोखरा/ पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण पेश गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ।

महानगरपालिकाका अनुसार यसअघि निस्सा वितरण भएका पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्क क्षेत्रको जग्गामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आवश्यक कागजातसहित आफ्नो र परिवारको विवरण बुझाउनुपर्ने भएको हो।

सूचनाअनुसार सम्बन्धित व्यक्तिले आगामी तीन दिनभित्र वडा नं. ९ को कार्यालयमा विवरण पेश गर्नुपर्नेछ। महानगरपालिकाले विवरण संकलन कार्यलाई व्यवस्थित बनाउन आवश्यक ढाँचा समेत सार्वजनिक गरेको छ।
महानगरपालिकाले पेश गर्नुपर्ने कागजातमा निस्साको प्रतिलिपि, घरमूली तथा परिवारका सदस्यको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, साथै परिवारबीचको नाता प्रमाणित हुने कागजात वा स्वघोषणा पत्र अनिवार्य गरिएको जनाएको छ।

यस अभियानमार्फत वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरी आगामी व्यवस्थापन तथा पुनर्स्थापनाको प्रक्रिया अघि बढाइने महानगरपालिकाको भनाइ छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->