आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मध्यरातमा फेवातालमा नुहाउन गएका युवकको डुवेर मृत्यु

मध्यरातमा फेवातालमा नुहाउन गएका युवकको डुवेर मृत्यु


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ७ २०८३, बिहिबार

पोखरा/ मध्यराती साढे १ बजेको समयमा फेवाताल नुहाउन गएका पोखरा–११ काहुँडाँडाका २८ वर्षीय रिवाज गुरुङको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले उनको उद्धार गरेको थियो । तर ज्यान भने बचेन ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराईका अनुसार मृतक गुरुङले नुहाउन भनि ओजन गल्ली नजिकै ताल किनारमा कपडा खोलेर फेवातालमा गएका थिए । तत्कालै उनी डुवेको खबर पाउनसाथ प्रहरी निरीक्षक मुकुन्द सिग्देलको नेतृत्वमा प्रहरी खटिएको थियो ।

साथै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको उद्धार टोली परिचालन गरिएको थियो । उक्त टोलीमा विशेषज्ञ गोताखोर र उद्धार टोली समेत सहभागी रहेको थियो । खोजी अभियानका क्रममा सशस्त्र प्रहरीको गोताखोर टोलीले राति ३.३५ बजे युवकलाई अचेत अवस्थामा फेवातालबाट बाहिर निकालेको थियो ।

उद्धारपछि उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको भए पनि चिकित्सकले जाँचपछि मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->