पोखरा/ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको उपनेतामा लिलबहादुर थापा नियुक्त भएका छन् । यसअघि उनलाई उपनेता भनिए पनि नियुक्ती भने नदिईदा थापा वेखुश थिए ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार विधान अनुसार उपनेतामा थापासंगै प्रमुख सचेतकमा देवका पहारी त्रिपाठी र सचेतकमा भक्तबहादुर कुँवरलाई नियुक्त गरेका हुन् ।
देवका यसअघि सचेतक थिइन् । प्रमुख सचेतक गोबिन्द बहादुर नेपाली भौतिक मन्त्री भएपछि पद खाली थियो । सोही पदमा देवकालाई ल्याईएको हो ।
प्रदेश सभामा दलको भूमिकालाई थप प्रभावकारी बनाउन र सरकारसँगको समन्वयलाई मजबुत बनाउन नयाँ टिम बनाइएको एमालेले जनाएको छ । नयाँ पदाधिकारीहरूले बिहीबारदेखि नै आफ्नो कार्यभार सम्हाल्ने गरी नियुक्ति पत्र पाएका छन् ।





