शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिलालाई दुना टपरी बनाउने तालिम

महिलालाई दुना टपरी बनाउने तालिम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ७ २०८३, बिहिबार

बागलुङ/धौलागिरी एकीकृत ग्रामिण विकास केन्द्र (डिआइआरडिसी) को आयोजना र बागलुङ नगरपालिका वडा नं. १ को कार्यालयको सहकार्यमा ३ तीने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ ।

स्थानीय बजारमा उच्च माग रहेको प्रविधिमा आधारित दुना टपरी बनाउन सिपको अभाव रहेको भन्दै वडा कार्यालयबाट माग आएपछि डिआइआरडिसीले ओएनजिडी एफएलइएलको आर्थिक सहयोगमा तालिम सञ्चालन गरेको हो ।

२१ जना महिला सहभागि रहेको तालिममा उद्यमशिल दुना टपरी उद्योगले प्राविधिक सहयोग गरेको थियो । तालिमपछि जंगलमा खेर गइरहेका सालका पात संकलन गरी दुना टपरी बनाएर महिला आयआर्जनमा जोडिने डिआइआरडिसीले अपेक्षा गरेको छ ।

तालिम समापनमा बोल्दै वडा अध्यक्ष जय बहादुर केसीले महिलालाई आत्मनिर्भर बनाउन दुना टपरी बनाउने सिपले सहयोग पुग्ने बताए । पछिल्लो समय स्थानीय स्तरमा उत्पादित दुना टपरीको माग उच्च रहेको चर्चा गर्दै त्यसका लागि आधुनिक मेशिन समेत वडामा भित्राएको जानकारी दिए ।

धौलागिरी एकीकृत ग्रामिण विकास केन्द्रका अध्यक्ष केवि राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चन्द्र थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->