आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जग्गा किनेर सिंगा तातोपानीमा प्रहरी चौकी

जग्गा किनेर सिंगा तातोपानीमा प्रहरी चौकी

प्रहरीको आन्तरिक बजेटबाट १० लाख ५० हजार र तातोपानी कुण्ड व्यवस्थापन समितिबाट चार लाख २५ हजार गरी कुल १४ लाख ७५ मा २ रोपनी जग्गा खरिद गरिएको थियो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८३, शुक्रबार

पोखरा/बेनी नगरपालिका–४ राक्सेको सिंगा–तातोपानीमा प्रहरी चौकीको भवन बनेको छ ।

३ करोड ५१ लाख ७३ हजार एक सय ४९ रुपैयाँको लागतमा २ तले भवन बनेको म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

भवनको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले उद्घाटन् गरेका छन् ।

प्रहरीको आन्तरिक बजेटबाट १० लाख ५० हजार र तातोपानी कुण्ड व्यवस्थापन समितिबाट चार लाख २५ हजार गरी कुल १४ लाख ७५ मा २ रोपनी जग्गा खरिद गरिएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका इन्जिनियर प्रहरी नायब उपरीक्षक चिरञ्जीवीप्रताप महतोका अनुसार भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक, शयनकक्षहरू छन् ।

सिंगा तातोपानीमा प्रहरी चौकी स्थापनाको एकिन तथ्याङ्क नभए पनि २०५७ सालमा जिल्ला प्रहरीमा मर्ज गरिएको थियो भने २०६३ देखि पुनः तातोपानीमा स्थापना गरिएको थियो । स्थापनाकालदेखि नै सिङगा तातोपानी प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी, कालीपुल प्रहरी चौकी, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन् ।

हाल इलाका प्रहरी कार्यालय दरवाङ, पर्यटन प्रहरी घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना, घार, पाखापानी, राखु भगवती प्रहरी चौकीको आफ्नै भवन छैन । जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको जिल्ला प्रहरी कार्यालयका प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->