आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा छानियो नवउद्यमी नेता

पोखरामा छानियो नवउद्यमी नेता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८३, शुक्रबार

पोखरा/पोखरामा आयोजना आयोजित प्रतियोगितात्मक नयाँ उद्यमी खोज कार्यबाट तीन उत्कृष्ट परियोजनाहरु पुरस्कृत भएका छन् ।

नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) पोखराले व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ‘आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६’ अन्तर्गत हिमेक्सा नामक समूह पहिलो,होम टु होम डेलिभरी कार्ययोजना प्रस्तुतकर्ताहरु दोस्रो, अर्गानिक साइकल परियोजना तेस्रो र आमा–बा समूह चौथो बने ।

उनीहरुलाई क्रमशः १ लाख,५० हजार,३० हजार र २० हजार नगद प्रदान गरियो । उनीहरुले प्रस्तुत गरेका योजनाका आधारमा ती परियोजना प्रस्तुतकर्ताहरुलाई भविष्यका उद्यम क्षेत्रका नेताको रुपमा चुनिएको हो ।

प्रतियोगितामा ११ वटा समूहले आफ्नो योजना प्रस्तुत गरेका व्यवसाय प्रवद्र्धन केन्द्र पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

वैशाख ३० गतेदेखि सुरु भएको यो प्रतियोगितामा सहभागीहरूलाई व्यवसाय योजना निर्माण, नेतृत्व विकास, प्रस्तुतिकरण कला तथा उद्यमशीलतासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका सदस्यहरूका साथै नेपालका प्रतिष्ठित उद्यमी तथा व्यवसायिक व्यक्तित्वहरूले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । विजेताहरुलाई पोखरा महानगपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गरेका कार्यक्रम संयोजक तथा मञ्चका सदस्य लक्सनराज श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->