फाइल तस्विर
पोखरा/असार १ गतेदेखि कास्कीका खोलानालाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न नपाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहने जिल्ला नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबारको बैठकले सो निर्णय गरेको हो ।
ढुंगा,गिट्टी,बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनमापदण्ड २०७७को दफा ९ ले सो समितिलाई नदी र खानीको व्यवस्थापनको अधिकार दिएको छ । सो मापदण्डमा यही महिनामा यस्ता बस्तु निकाल्ने वा ननिकाल्नेबारे प्रष्ट नपारे पनि वातावरणीय अध्ययन प्रतिवेदनको सर्त पालना गर्नुपर्ने प्रावधान छ ।
वर्षायाममा नदीमा आउने ढुंगा, गिट्टी, बालुवालाई भदौ महिनामा नदीको स्थलगत अध्ययन गरी जम्मा भएको नदीजन्य बस्तुको परिणाम हेर्ने र वातावरणीय अध्ययन प्रतिवेदन संशोधन गर्नुपर्ने भए पालिकालाई सिफारिस गर्ने अधिकार पनि यो समितिलाई छ ।





