शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

डिजिटल सेवा र सुशासनमा अगाडि बढ्दै काठेखोला

डिजिटल सेवा र सुशासनमा अगाडि बढ्दै काठेखोला

काठेखोलाले पालिकालाई डिजिटल बनाउने लक्ष्यले कामगर्दा वडामा केहीकामले पनिनागरिक रोकिनु पर्दैन । उनीहरुले आफ्नो डाटा आँफै पनि हेर्न र बुझ्न सक्छन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८३, शनिबार

बागलुङ/२०७४ सालमास्थानीय सरकार गठनगर्दा वास्तविक रुपमा राज्यपुनसंरचनाको आधार काठेखोलागाउँपालिका वडा नं. १ माभयो । सिगानागाविसको केही खण्ड र पालागाविसको केही खण्ड मिलाएर काठेखोलागाउँपालिका वडा नं. १ बनाइयो ।

यो वडालाई भावनात्मक रुपमाजोड्ने, भौतिक संरचनाको विकास गर्ने, शिक्षा, स्वास्थ्यलगायतको सेवाप्रवाहगर्ने, सुशासनदिने र समय सुहाउँदो सेवाप्रवाहगर्ने चुनौतीथियो । त्यो चुनौती सामनागर्ने काममागाउँपालिका र वडाले लामो प्रयास गर्नुपरेको थियो । जसका कारण विकास योजनामा केही समस्यापनिझेल्नुपरेको वडा अध्यक्ष खड्ग थापाले बताए ।

संयोगले यो वडामा थापा नै दुवै पटक वडा अध्यक्ष छन् । उनले समस्या देखाएर नबसी सबै समस्यालाई समाधानगर्ने बाटोमा हिंडे । आफ्नै वडा कार्यालय थिएन, भाडामा रहेको कार्यालयमा बसेर सेवाप्रवाहगर्दा अनावस्यकआर्थिक भार थियो । त्यतिमात्रहोइन, सिंगो समाजएकातर्फ, भाडाको घर एकातर्फ पनिभयो । सडक छेवैको धुलोले सास्ती उस्तै ।

वडा अध्यक्षकै नेतृत्वमाजग्गाव्यवस्थापन गरेर वडा कार्यालय बनाउने कामभयो । पहिलो कार्यकालमै थापाले वडाको भवनबनाउन सफलभए । जग्गाभने स्थानीयले दिए । भवनबन्नु मात्रविकास होइन । यो भवनलाई सञ्चालनगर्ने, वडा कार्यालयबाट दिने सेवाप्रभावकारी बनाउने, डिजिटल विधिमा सेवाप्रवाहलाई चुस्तबनाउने चुनौतीमा वडाले धेरै मेहेनत गरेपछि अहिले भने यहाँबाट सबैखाले सेवा डिजिटल रुपमादिनथालिएको छ ।

अहिले दर्ता चलानी, कर प्रणाली, नागरिकतासिफारिस, घटना दर्ता, राजश्व संकलन जस्ता काम कम्युटर विधि र डिजिटल रुपमा प्रविष्टी गर्नेगरी कामभैरहेको छ । त्यसो त गाउँपालिकाले केहीवर्ष अघिनैपालिका नै डिजिटल बनाउने लक्ष्यले काम गरेको थियो । कतिपयकाम त उक्त समयदेखिनै सञ्चालनमाआएकै थिए । अब भने काठखोलावडा नंं १पालामापुगेर सहजै सबै काम डिजिटल विधिमागर्न पाइन्छ । यसरी गरेको कामको डाटा सिधैं पालिकाबाट पनि हेर्न र बुझ्न सकिन्छ । जसले गर्दा एकपटक कामगरिसकेको नागरिक पालिकापुग्दापनिआफ्नो डाटा खोजेर कामगर्न सक्ने अवस्था बनेको छ ।

त्यसकालागिपालिका र वडाले धेरै मेहेनत गरेका छन् । पहिलाकाकर्मचारीलाई आवस्यकतालिमदिनेदेखि उनीहरुको सीपलाई पालिकासँगजोड्ने कामगरिएको थियो । त्यसकालागिविद्युतीकरण, इमेल इन्टरनेटको सेवासुविधापनिउत्तिकै आवस्यक छ । त्यो व्यवस्थापनका कारण अहिले वडामा प्रायः केहीकामले पनिनागरिक रोकिनु पर्दैन । उनीहरुले आफ्नो डाटा आँफै पनि हेर्न बुझ्न सक्ने भएका छन् ।

वडाले विद्यालयहरुमा गुणस्तरीय शिक्षाकालागिपनिकाम गरेको छ । हरेकविद्यालयमासिसि क्यामेरा जडान गर्दा शिक्षक र विद्यार्थीको कार्य मूल्यांकनगर्न सकिने भएको छ । अनुगमन सहजभएको छ भने प्रभावकारी पनिबन्दै गएको छ । तुलनात्मक रुपमाअन्य वडाका विद्यालयभन्दा वडा नं. १ काविद्यालयहरु केही पुरानाभवनमा सञ्चालित छन्, तर गुणस्तरमाकतै कमीहुननदिएको थापाको भनाइ छ । सबै विद्यालयमाआवस्यक दरबन्दीपुगेको छ ।जसका कारण बालबालिकाको पढाइमा समस्या परेको छैन ।

यो वडा स्थापनाभएको बेला स्वास्थ्यचौकीथिएन । वडा विभाजनभएकोले नयाँ स्वास्थ्यचौकीबनाउने चुनौती वडा समितिलाई आइप¥यो । वडाले स्वास्थ्यचौकीमात्रै बनाएन, यहाँ सबै सेवाप्रवाहपनि सञ्चालनमाल्याएको छ । वडामै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि गर्भवतीमहिलाले सुरक्षित सुत्केरी सेवाकालागिअन्यत्रजान परेको छैन ।

यहाँकाकिसानकालागि ३ वटा दूध संकलन केन्द्र छन् । जसका कारण एउटा गाईभैसी पालेको किसानदेखि फर्म सञ्चालक समेतले दैनिकदुध बेच्नपाएका छन् । कृषिफसल र उत्पादनको बजारीकरण सहजभएमा स्थानीयले गाउँमै बसेर आयआर्जन गर्न पनि पाउँछन् । त्यो सुविधापालाबासीमापुगेको छ । त्यसो त वडा नं. १ को अक्षतेबजारमाकृषि संकलनतथावितरण केन्द्र पनि बनेको छ । झण्डै ५० लाखलगानी गरेर बनेको यो संकलन केन्द्र सञ्चालनमाआउँदा काठेखोलागाउँपालिका वडा नं. १ मात्रनभइ वडा नं. २, ४ र ६ का बासिन्दाले विशेष सेवापाउनेछन् । तरकारी, अदुवा, दूध, फलफूलउत्पादनमा काठेखोलाअब्बल छ ।

मध्यपहाडी लोकमार्गको छेवैमा यो भवन बनेको छ । तसर्थ आमकिसानलाईपनिआफ्ना उत्पादनल्याउन सहज छ । बजारीकरणकालागि समेत राजमार्गमाआउने सवारीले सजिलै लैजान सक्ने व्यवस्था छ । यो वडा कार्यालयको लागि समेत गौरवको योजनाहो । प्राविधिक कारणले सञ्चालनमा ढीला भएपनि छिटै प्रकृया पु¥याएर भवन सञ्चालनगर्ने लक्ष्य छ ।

वडाका बस्तीमा सडक यातायातपनिअहिले त सहज भैसकेको छ । काप्रे, धिमीपालामोटरबाटो स्तरीय बन्दा सिंगो बस्तीलाई समेटिएको छ । पछिल्लो तीनआर्थिक वर्षदेखि यहाँलगानी बढाइएको हो । शुरुवातमा १ करोड बजेटबाट कामथालिएकोमा अघिल्लो वर्ष १ करोड २० लाख र चालु वर्षपनि २५ लाखको कामभएको हो । यो सडकका कारण बस्तीकानागरिकले यातायातगर्न मात्रनभइखाद्यान्न ढुवानीमा पनि सहजभएको स्थानीय नरबहादुर थापाले बताए । त्यस्तै मध्यपहाडी लोकमार्ग नजिकै भएकोले दायाँ र बायाँका बस्तीमा सडकहरु जोड्ने कामभएको छ । लोकमार्गदेखि दोबिल्लाहुँदै गाउँपालिकाजाने सडक ढलान गरेर स्तरीय बनाइएको छ । पहिला सास्ती खेपेर पालिकापुग्नुपर्ने सडक अहिले सहजै बनेपछि सेवाग्राहीले अटो लिएर पनिजान सक्ने भएका छन् । जेष्ठनागरिक, बालबालिका र असक्तनागरिकले सडक सहज बनेपछि राहतको महसुस गरेको बताए ।

वडाको चनौटेतर्पm सुन्तला खेतीलाई जोड दिइएको छ । भौगोलिक रुपमापनिअनुकुलभएकोले यहाँअनुत्पादक रुख बिरुवा फाँडेर सुन्तला लगाएपछि झण्डै ४० बढी घरले व्यवसायिक सुन्तलाउत्पादनथालिसकेका छन् । यो सुन्तला सहजै बजारमाजानथालेको छ । किसानले घरमै बसेर मनग्ये कमाइगर्न सकेको बताएका छन् ।

वडाभित्र र तत्कालिनपालागाविसमा सशष्त्रद्वन्द्वमा मृत्यु भएकाहरुको सम्झनामा सहिद स्मृतिपार्क निर्माण गरिएको छ । यो पार्कमाअहिलेसम्म झण्डै ५० लाख रुपैयाँलगानी भैसकेको छ । पार्कको डिपिआर अनुसारको कामअझै सकिएको छैन । तर सहिदको सम्मान, वडाभित्र रमणीयपार्क निर्माण लगायतको उद्देश्य भने यो योजनाले पुरा गर्ने छ । एकीकृत सेवाकार्यालयलेपनि सहिद स्मृतिपार्कलाई आफ्नो योजनामा समावेश गरेर निर्माणका अन्यकाममा साथदिएको छ । एकीकृत सेवाकार्यालयकाप्रमुखशिवशर्माले पर्यटन प्रवद्र्दन र स्थानविशेषको महत्वभएका स्थानमा सामान्यभएपनि बजेट सम्बोधनगरिएको बताए ।

वडाभित्रका सबै बस्तीमा शुद्द खानेपानीको व्यवस्थापनगर्ने, नगारिकलाई पुर्ण सरसफाइअभियानमाजोड्ने, उद्यमशिलबनाउने जस्ता काममापनिपालिका र अन्यदाताको सहयोगमाकाम भैरहेका छन् । विशेषगरी यहाँफर्निचर लगायतकाउद्यमहरु संचालनमा छन् । गाउँमाचाहिने फर्निचर ग्रामीण क्षेत्रकाउद्यमीले तयार गर्दा गाउँमै बसेर पनिकामदार तथा कालीगढलेपनि रोजगारी पाएका छन् । पालिकाले ती सबै क्रियाकलापको डाटा संकलनगर्ने र आफ्नो वेवसाइटमा प्रविस्टी गर्ने नीतिलिएको छ । यो नीतिले उपभोक्ता र उद्यमीबीचको सम्बन्धले बजारीकरणपनि बढ्ने विश्वास समेत लिइएको छ ।

‘फरक भूगोललाई भावनामाजोडेका छौं’
खड्गबहादुर थापा
वडा अध्यक्ष,
वडा नं. १काठेखोलागाउँपालिका

वडा अध्यक्ष बनेर आउँदाकतिपयको आफ्नै कार्यालय हुन्छ, आफ्नै भवन, सेवा सुविधापनिहोला । तर मैले शुन्यताबाट वडा अध्यक्षको पद सम्हालेको थिएँ । आफ्नो कार्यालय थिएन, भाडामा लिएर वडा कार्यालय संचालनगर्नुपरेको हो । तरपनि सेवाप्रवाहलाई सकेसम्मचुस्तबनाउने प्रयास भयो । त्यसमा मेरा कर्मचारी साथीहरुले विशेष भूमिका र सहयोग गरे ।

वडा अध्यक्षआफ्नै परिचितभूगोलको मात्रै बन्ने परम्परा काठेखोला वडा नं. १ मा फरक ढंगको भयो । सिगानागाविसको केही खण्ड जोडेकोले फरक भूगोलकाबासिन्दाबीचभावनात्मक सम्बन्ध राखेर साझा वडा बनाउने कामचुनौतीको थियो । त्यसलाई चिरेर समानव्यवहार, समानअवसरको सिर्जना गराउनपहलगरियो । जसले गर्दा मलाई दोश्रो पटक पनिअध्यक्षमानिर्वाचित गराउन समेत स्थानीयले साथदिनुभयो । दुवै तर्फको भूगोलअनुसारका कृषिउत्पादन र प्रविधिको समानवितरण गरेका छौं ।

सदरमुकामनजिकै, गाउँपालिकानजिकै भएर पनिशिक्षा, स्वास्थ्य र विकासमा पछि परेको वडालाई मुलधारमाजोड्ने कामनिकै चुनौतीको थियो । यो काममामैले र वडा सदस्यहरुले धेरै मेहेनत गरेका थियौं । स्वास्थ्यचौकी नै नभएको वडालाई अहिले बर्थिङ सेन्टर भएको वडा बनाउन सफलभयौं । भाडाको घरबाट आफ्नै भवनमा सारेर वडा कार्यालयको सेवादिन सकिएको छ । वडा कार्यालयको सेवापनि डिजिटल छ । यो विधिले तथ्यांकहरु संकलन र विश्लेषणमा समेत सहजभएको छ ।

ग्रामीण बस्तीमात्रै समावेश भएकोले विकासमा ठूला योजना त सञ्चालनगर्न सकिएको छैन, तर मध्यपहाडी लोकमार्ग वडाबाट बगेकोले त्यसलाई अधिकतमउपयोग गर्न किसानको उत्पादनलाई बजारीकरणमा लैजान सकेमा समृद्द समाजनिर्माण गर्न सकिन्छ भनेर त्यसतर्फ जोड्ने प्रयास भएको छ । किसानको उत्पादनलाई तत्काल राजमार्गमाल्याउन सकिने संयन्त्रहरु बनेका छन् । किसानले एकमानादूधउत्पादन गरेपनि संकलन केन्द्रमा पठाएर बिक्रीगर्न सक्छन् । त्यस बाहेकहालनिर्माणाधिन कृषिउपज संकलन केन्द्रले ठूलो मात्रामा भण्डारन गर्ने, बजारीकरण गर्ने र किसानले घरमै बसेर मनग्ये कमाइगर्न सक्ने वातावरण बन्दैछ । त्यसकालागिभवनबनिसकेको छ । केही समयमा यो भवन सञ्चालनमाआउने छ ।

राजमार्गबाट वडा कार्यालय र बस्तीमा पस्ने तीनचारवटा पहुँच सडक बिस्तार भएका छन् । केही सडक ढलान गरिएको छ भने केहीचौडा बनाएर सहजै यात्रागर्न सकिने बनाइएको छ । यसरी पहुँचविस्तार गर्दा विद्यालय र कलेज पढ्न निस्कनेदेखि किसानले गाईभैसी निकाल्ने सम्मको कामपनि सहजभएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->