मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

तस्बिरमा हेर्नुस् तमानखोलाको सेरोफेरो

तस्बिरमा हेर्नुस् तमानखोलाको सेरोफेरो


  • बालकृष्ण सुवेदी
  • जेष्ठ ९ २०८३, शनिबार

बागलुङ/तमानखोला गाउँपालिकाको नामाकरण यस क्षेत्रकै ठूलो नदी ‘तमानखोला’को नामबाट नामाकरण गरिएको हो । साबिकका तमान, बोंङ्गादोभान र खुंखानी गरी ३ वटा गाविस कायम गरी यो गाउँपालिका बनेको हो ।

गाउँपालिकाको सोलेडाँडा, बराह ताल, नौडल्ले पहाड प्रकृतिले दिएका अनुपम उपहार हुन् । मोटरबाटोले सुगम बनेपछि हिजोआज प्रकृतिमा रमाउन चाहने पर्यटक पुगिरहन्छन् । बराह थान, झयाउरे नाच र सोरठी नाच यहाँका धार्मिक तथा सांस्कृतिक पहिचान हुन् ।

तमानखोला गाउँपालिका वडा नं. ३ मा झुरुप्प बसेको तमान गाउँको जीवनशैलीले शहरी मनलाई मोहित बनाउँछ । परम्पराग शैलीमा बनेका घरले यहाँको सांस्कृतिक पहिचान झल्काउँछ । मोटरबाटोको सञ्जालमा जोडिएका गाउँमा आधुनिक घर बन्ने लहर चलेपनि यहाँका मौलिक घरलाई जोगाएर राखिएको छ ।

दलित र आदिवासी जनजातिको बसोबास रहको गाउँपालिकामा जडिबुटीहरु र ढुंगाको खानी छन् । प्राकृतिक साधन तथा श्रोतको उपयोग र पर्यटकीय तथा धार्मिक सम्पदा स्थलको माध्यमबाट आर्थिक समृद्वमा पुग्ने लक्ष्य बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->