बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले तेस्रो त्रैमासिकसम्म ५५ प्रतिशत विकास खर्च गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले गाउँपालिकाले ५५ दशमलव ५५ दशमलव ६१ प्रतिशत पूँजीगत खर्च गरेको जानकारी दिए । पौडेलका अनुसार, ५८ करोड ९२ लाख २३ हजार रुपैयाँ पूजिगत खर्चमध्ये ३२ करोड ७६ लाख ८३ हजार ७ सय १३ रुपैयाँ खर्च भइसकेको छ ।
पूर्वाधार विकासतर्फ २ सय ५० योजनामा १ सय ९१ वटा सम्झौता भएको र ८९ वटा सम्पन्न भएका छन् । वडागत रुपमा २ सय ३५ वटा योजना तथा पूर्वाधारमा १ सय ७७ वटा सम्झौता भएको र ८४ वटा सम्पन्न भएका छन् ।
गाउँपालिका अध्यक्ष राजु थापाले प्राथमिकताका आधारमा बजेट विनियोजित गरी विकास निर्माणका काम अघि बढाइएको बताए । गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले गाउँपालिकाले पूर्वाधार निर्माणसँगै पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा र स्वरोजगारलाई प्राथमिकताका साथ काम गरिरहेको बताए ।





