शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गण्डकी प्रदेश कस्तुरी हो, वीना खोज्न अन्यत्र जानु पर्दैन– अर्थ सचिव पाण्डे

गण्डकी प्रदेश कस्तुरी हो, वीना खोज्न अन्यत्र जानु पर्दैन– अर्थ सचिव पाण्डे


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १० २०८३, आइतबार

पोखरा/ गण्डकीको आर्थिक मामिला मन्त्रालयका सचिव डा.टोकराज पाण्डेले गण्डकी प्रदेश कस्तुरी सरह रहेकाले यसको यसको समृद्धिका लागि वीना खोज्न अन्यत्र जानु नपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माणपूर्व मन्त्रालयले आइतबार आयोजना गरेको ‘समृद्ध प्रदेशका लागि प्रदेश सरकार र निजी क्षेत्र अन्तरसंवाद’ कार्यक्रममा उनले यस्तो बताएका हुन ।

धौलागिरी हिमालदेखि सुस्ताको मैदानसम्म फैलिएको प्रदेश आफैमा समृद्धिको स्रोत रहेको भन्दै उनले प्रदेशका अपार सम्भावनालाई कस्तुरीको वीनाासँग तुलना गरेका हुन् । उनले प्रदेश भौगोलिक र प्राकृतिक रूपमा अत्यन्तै सम्पन्न रहेको बताए । ८ हजार १ सय ६७ मिटर उचाइको धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका श्रृंखला र पहाडदेखि तराईसम्मको विविधता नै यस प्रदेशको शक्ति भएको उनले बताए । उनका अनुसार प्रदेशको २७ प्रतिशत भूभाग हिमाल, ६७ प्रतिशत पहाड र ६ प्रतिशत तराईमा पर्छ । प्रदेश एक गाउँ एक विशिष्टीकृत उत्पादनको सम्भावना बोकेको क्षेत्र भएको उनले जानकारी दिए ।

सचिव पाण्डेले गण्डकी प्रदेशलाई धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको केन्द्रका रूपमा पनि चित्रण गरे । मुस्ताङको मुक्तिनाथदेखि नवलपुरको त्रिवेणीसम्मको क्षेत्रलाई देवभूमिका रूपमा व्याख्या गर्दै उनले कालीगण्डकी सभ्यता नेपालको गौरव भएको बताए । ‘साक्षात नारायणको रूपमा पूजा गरिने शालिग्राम पाइने कालीगण्डकी र यसको उद्गम क्षेत्र यही प्रदेशमा पर्छ,’ पाण्डेले भने, ‘पर्यटन, कृषि र जलविद्युतका यी तीन खम्बामा टेकेर प्रदेशलाई अघि बढाउन सरकार प्रतिबद्ध छ ।’ उनले पोखरालाई एडभेन्चर टुरिजमको मुख्य शहरका रूपमा विकास गर्न निजी क्षेत्रको लगानी र जाँगर आवश्यक रहेको औंल्याए ।

प्रदेश सरकारले निजी क्षेत्रलाई विकासको पहिलो खम्बाका रूपमा स्वीकार गरेको र आगामी बजेट निजी क्षेत्रमैत्री हुने उनले विश्वास दिलाए । गण्डकी प्रदेश विकास प्राधिकरण ऐन २०७७ ले निजी क्षेत्रसँगको साझेदारीका लागि कानुनी ढोका खोलेको उनले जानकारी दिए ।

सरकारले व्यापार गर्ने नभई सहजीकरण मात्र गर्ने पाण्डेको भनाइ थियो । उनले निजी क्षेत्रले भरोसाको वातावरणमा काम गर्न चाहेको र प्रदेश सरकार त्यो भरोसा दिलाउन तयार रहेको स्पष्ट पारे । अन्तरसंवादमा मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश योजना आयोगका पदाधिकारी र उद्योगी व्यवसायी सहभागी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->