शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरकारी विज्ञापन नीतिविरुद्व महासंघको हस्ताक्षर संकलन

सरकारी विज्ञापन नीतिविरुद्व महासंघको हस्ताक्षर संकलन


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १० २०८३, आइतबार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सरकारी विज्ञापन नीतिको विरोधमा हस्ताक्षर संकलन थालेको छ । केन्द्रीय कार्यालयले जेठ ७ गतेबाटै यो अभियान थालेको थियो । सबै शाखामा पनि यो अभियानका लागि आग्रह गरेपछि महासंघले आइतबार हस्ताक्षर संकलनको काम गरेको हो ।

आम सञ्चार माध्यममा सरकारी विज्ञापन रोक लगाउने विभेदकारी नीति फिर्ता गर्नुपर्ने, सरकारी विज्ञापनमा सबै सञ्चार माध्यममा समान अधिकार सुनिश्चित गर्नुपर्ने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्नुपर्ने माग राख्दै महासंघले यो अभियान गरेको हो ।

हालै नेपाल सरकारले सचिव स्तरीय निर्णय गरेर सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममै प्रकाशन प्रशारण गर्ने परिपत्र गरेपछि मोफसलका अधिकांस सञ्चार माध्यममा असर परेको छ । यो असरले श्रमजिवी पत्रकारको रोजीरोटीमा पनि असर परेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघले जेठ १३ गतेसम्म महासंघमा यो हस्ताक्षर संकलन गरिरहनेछ । यो हस्ताक्षर अभियान पुरा भएपछि सरकारलाई दबावस्वरुप बुझाइने कार्यक्रम रहेको महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->