बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको २० औं स्थापना दिवसको अवसरमा गौशालालाई खाद्यान्न सहयोग गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ५ पञ्चकोटमा रहेको गण्डकी गोपाल गौबंश संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरिएको हो ।
संरक्षण केन्द्रलाई ३ बोरा चापट, एक बोरा चामल र एक कार्टुन तेल सहयोग गरिएको सहकारीका अध्यक्ष कृष्ण प्रसाद पौडेल ‘कुमार’ले जानकारी दिए । सहकारीका उपाध्यक्ष तोयानाथ गौतम, सदस्य विजयराज पन्त र प्रबन्धक मुना शर्माले केन्द्रका गोविन्द प्रसाद शर्मालाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
पञ्चकोटमा आयोजना गरिने महायज्ञमा यो गौशालामा हवन र पुजन गरिदै आइएको छ । गाई पाल्नका लागि निर्मित गौशालामा अहिले ५७ गाई पुगिसकेका छन् । सयौं गाई पाल्ने लक्ष्य गौशालाको छ । लक्ष्मीको रुपमा पुजिने स्थानीय गाईको संरक्षणका लागि गौशाला बनाइएको पञ्चकोटका संरक्षक स्वामी कमलनयनाचार्य बताउँछन् ।





