रुकुमपूर्व / रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट खोलामाथि निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि सञ्चालनमा आएको छ ।
बेलिब्रिजको उद्घाटन गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले एक कार्यक्रमका बीच गरेका छन् । गाउँपालिकाले आफ्नै स्रोतमार्फत करिब १ करोड ५० लाख बजेट उक्त बेलिब्रिज निर्माण गरेको हो ।
बेलिब्रिज सञ्चालनमा आएसँगै बर्खायाममा आवतजावत गर्न सर्वसाधारणलाई सहज भएको अध्यक्ष घर्तीमगरले बताए । यो खोला पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक हो ।
वर्षायामको समयमा खोला तर्न नसक्दा गाउँका नागरिकले स्वास्थ्य, शिक्षा र बजार पहुँचमा गम्भीर समस्या भोग्दै आएका थिए । अब यो समस्याबाट स्थानीयहरूले राहत मिल्ने स्थानीय पाना पुनले बताए ।





