आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सेती खोंचबाट युवकको शव सशस्त्र प्रहरीद्वारा उद्धार

सेती खोंचबाट युवकको शव सशस्त्र प्रहरीद्वारा उद्धार


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ११ २०८३, सोमबार

पोखरा/ पोखरा–१७ स्थित सेती नदीको खोंचमा खसेर बेपत्ता भएका एक पुरुषको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले फेला पारेको छ।

भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतो हिजो जेठ १० गते राति पौने १० बजेको समयमा सेती नदीको खोचमा हाम फाली बेपत्ता भएका थिए । यो सम्बन्धि खबर पाउना साथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १८ जनाको विपद् व्यवस्थापन टोली राति नै घटनास्थल खटिएको थियो। राति खोजी गर्दा फेला नपरेपछि टोली फर्किएको थियो।

टोलीले आज बिहानै करीव पौने ७ बजेदेखि सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोली खोजतलासका लागि परिचालन गरिएको थियो। उक्त टोलीले अथक प्रयासपछि बिहान पौने १० बजेको समयमा अन्दाजी २५० फिट गहिरो खोचबाट रोप रेस्क्यु विधिको प्रयोग गरी शव निकाल्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले शव निकालेर नेपाल प्रहरीलाई बुझाएको र पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->