आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फिर्के मिच्ने पक्की घरमा धमाधम डोजर

फिर्के मिच्ने पक्की घरमा धमाधम डोजर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८३, मंगलबार

पोखरा/ फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको दोस्रो दिन सोमबार ३१ वटा संरचनाहरू हटाइएको छ । अभियानकै क्रममा पोखरा ४ को कोइराला विर्ता टोलमा फिर्केखोलामाथि नै बनाइएको माओवादी नेताको घर पनि भत्काइएको छ ।

माओवादी नेता ज्ञानबहादुर कोइरालाले शक्तिको दुरुपयोग र कानुनको अन्देखा गर्दै खोला मिचेर २ वटा घर ठ्याएका थिए । ती घर भाडामा लगाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार सोमबार वडा नं.४ र ५ को क्षेत्रमा ६ वटा पक्की र ३ वटा कच्ची संरचनाहरू भत्काइएको छ भने वडा नं.१८ र २ को सीमाना क्षेत्रमा ६ वटा संरचनाहरू हटाइएको छ ।

पहिलो दिन बाँकी रहेको पोखरा ८ मा रहेको राधाकृष्ण सामुदायिक भवन पूर्ण रूपमा हटाइएको तथा त्यहाँ रहेका ६ वटा पक्की र ९ वटा कच्ची संरचना हटाउँदा जम्माजम्मी ५१ वटा संरचनाहरू खोला घरबाट हटाइएको उनले बताए । खोला घर खाली गर्ने कार्यमा ३ वटा जेसिवी र २ वटा एक्स्काभेटर प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->