बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रास्वपा माछापुच्छ्रेको सभापतिमा कुँवर

रास्वपा माछापुच्छ्रेको सभापतिमा कुँवर


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १२ २०८३, मंगलबार

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) कास्कीको माछापुच्छ्रे गाउँपालिका अधिवेशनले भूपेन्द्र कुँवरलाई पालिका सभापतिमा निर्वाचित गरेको छ । हालै सम्पन्न अधिवेशनले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपसभापतिमा दिलमाया अधिकारी, सचिवमा विष्णु भट्टराई, सहसचिवमा राज भट्टराई र कोषाध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा नवराज कामी, अनिला क्षेत्री, कमला कार्की र लीला कुमारी कार्की चयन भएका छन् ।

नवनिर्वाचित समितिले संगठन विस्तार र गाउँपालिका तहमा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने जनाएको छ । स्थानीय तहसम्म पार्टीको पहुँच बलियो बनाउने, जनसरोकारका विषयमा सक्रिय भूमिका खेल्ने र संगठनलाई वडास्तरसम्म विस्तार गर्ने तयारी समितिको रहेको बताइएको छ । समितिले थप दुई महिला सदस्य थप्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->