नवलपुर/ महेन्द्रराजमार्ग अन्तरगत नारायणगढ कावासोती खण्डको झराही खोला नजिक दुई वटा मोटरसाइकल एकापसमा जुद्धा एक सैनिक जवानको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन । घाइतेको अबस्था सामान्य छ ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार बुधवार राती मोटरसाइकल जुद्धा गम्भिर घाइते सिन्धुपाल्चोक मेलम्ची वडा नम्बर १ का २६ वर्षका दिनेश गिरीको मृत्यु भएको हो । उनि चितवन राष्ट्रिय निकुन्जमा रहेको नेपाली सेनाको नया गोरखगणमा कार्यरत सैनिक जवान हुन । अन्य ३ जनाको देबचुली नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना नारायणगढदेखि २० किलोमिटर पश्चिम महेन्द्रराजमार्गमा भएको हो ।





