शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सेल्टर पठाउन कुकुरको खोजी

सेल्टर पठाउन कुकुरको खोजी


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १४ २०८३, बिहिबार

बागलुङ/बागलुङ नगरपालिकाले सेल्टरमा लगेर छाडा कुकुर व्यवस्थापन गर्ने तयारी गरेको छ । हालै निर्माण सम्पन्न भएको सेल्टरमा बजारका कुकुर लगेर राखिने भएपछि व्यवस्थापनको काम थालिएको हो ।

गण्डकी प्रदेश सरकारको साझेदारीमा बागलुङ नगरपालिकाले नवप्रवद्र्धन कार्यक्रमअन्र्तगत १ करोड लागतमा सेल्टर बनाएको हो । वडा नं. ३ मा नगरको ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख खर्च गरेको थियो । भुस्याहा कुकुर भनिने सामुदायिक कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यो नीति ल्याएको हो ।

नगर प्रमुख बसन्तकुमार श्रेष्ठले नीति तथा कार्यालयमै यो व्यवस्था गरेका थिए । सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गर्नुपरेको श्रेष्ठको भनाइ छ । ती कुकुरले टोकेर धेरै जना घाइते भएको, कतिपयलाई रेबिज रोग समेत लागेको थियो ।

नगर प्रहरी लगाएर पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटा समेतले बजारका कुकुर समाउने अभियानमा लागेका छन् । सेल्टरमा राखिने कुकुरलाई रेबिजविरुद्व खोप लगाइने, नियमित खानपानको व्यवस्थापन पनि नगरेले गर्नेछ ।

नगरपालिकाले घरघरमा पालेका कुकुरलाई पनि रेबिज बिरुद्धको खोप दिएको छ । कुकुरका लागि चाहिने सबैखाले औषधि पनि निशुल्क गरिएको हो । घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान समेत नगरपालिकाले बनाएको छ । दर्ता गर्दा २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

दर्ता गरेका कुकुरलाई नगरले खोप र औषधि सेवा निशुल्क दिनेछ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले गर्ने पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । खोप लगाएका कुकुरलाई घरमा पालेको भए रातो र सामुदायिक भए निलो पेटी समेत लगाएर पहिचान दिने व्यवस्था शुरु भएको छ ।

रेबिज लगायतका संक्रामक रोगबाट कुकुरलाई बचाउने, कुकुरले टोक्दा मानिसमा पनि रोग सर्ने भएकोले आम नागरिकको सुरक्षाका लागि यो अभियान थालिएको हो । पहिलो चरणमा ५० वटा कुकुर राख्ने लक्ष्य उनले सुनाए । व्यवस्थापन पनि १ सय कुकुर राख्ने योजना छ । कुकुर सेल्टर नमूना कार्यक्रम हो । सामुदायिक कुकुरबाट रातको समयमा हिंड्दा जोखिम बढेकोमा नगरपालिकाको कामले सजिलो भएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->