शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अपाङ्गता हेरचाह र स्वास्थ्य सचेतना सम्बन्धी तालिम

अपाङ्गता हेरचाह र स्वास्थ्य सचेतना सम्बन्धी तालिम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १४ २०८३, बिहिबार

बागलुङ/तमानखोला गाउँपालिका वडा नं. २ बोगांदोभानमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजनामा एकिकृत सेवा कार्यालय बागलुङको सहयोग तथा तमानखोला गाउँपालिका बागलुङको समन्वयमा एक दिने अपाङ्गता हेरचाह र स्वास्थ्य सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा पुर्ण अति अशक्त तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकहरु ६१ जनाको सहभागिता थियो । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकलाइ उनीहरुको परिवारका सदस्यलाई कसरी व्यवहार गर्ने, कस्तो खालको उपचार सेवा दिने लगायतका बिषयमा कायृक्रममा सचेतना दिइएको बौद्दिक अपांगता संघ बागलुङका सचिव याम बहादुर थापा मगरले जानकारी दिए ।

सो तालिममा संघका अध्यक्ष टिकाराम सापकोटा, बागलुङ नगर अस्पताल पैयुपाटाका प्रमुख डा. सफल सापकोटा र संघका सचिव याम बहादुर थापा मगरले सहजीकरण गरेका थिए । तालिम कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोक लाल बुढा मगर, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा अध्यक्ष नारायण सुनार र अपाङ्ग सरोकार संघ बागलुङ अध्यक्ष जगुपति कंडेलले शुभकामना मन्तव्य व्यक्त गरे ।

तालिमका सहभागीले स्थानीय सरकारबाट नियमित रुपमा बजेट व्यवस्था गरी क्षमता विकास गर्न माग गरेका थिए । आवाजविहीनहरुको आवाज बन्नको लागि तालिम,प्रशिक्षण र प्राविधिक सहयोग नियमित उपलब्ध गराउन माग समेत गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->