बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा ३२ मा बन्यो सुकुम्वासी व्यबस्थापन सहजिकरण समिति, कसैको बास उठ्न नदिने वडाअध्यक्ष कार्कीको भनाई

पोखरा ३२ मा बन्यो सुकुम्वासी व्यबस्थापन सहजिकरण समिति, कसैको बास उठ्न नदिने वडाअध्यक्ष कार्कीको भनाई

दैनिक जसो सुनिने डोजर आतंकले मजदुरी गर्ने काम समेत गर्न मन नलागेको, रातमा निद्रा नलागेको बताएका थिए । सरकारले नागरीक त्रसित बनाउने कार्य गरेको सहभागीले बताएका थिए ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८३, शनिबार

पोखरा / पोखरा–३२ मा सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि वडास्तरिय सहजीकरण समिति र संघर्ष समिति समेत गठन गरिएको छ ।

वडा नं ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीको उपस्थितिमा खुदीखोलामा रहेका सुकुम्वासीहरु संगको अन्तरक्रियापछि समिति गठन गरिएको हो । कार्यक्रममा वडाअध्यक्ष अक्कल बहादुर कार्कीले कोही कसैले पनि बिना कारण र बिना बिकल्प बसिरहेको ठाउ छोडन नपर्ने स्पष्ट पारेका थिए ।

उनले हचुवाको भरमा डोजर लिएर बस्ती बस्ती चाहर्ने गरि स्थानिय सरकार नलाग्ने र ढुक्क भएर आफ्नो दैनिकी गरिराख्न पनि आग्रह गरे । भुमिहीन दलित, भुमिहीन सुकुम्वासी तथा अब्यबस्थित बसोबासी सरोकार सहजीकरण समिती कास्कीले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले सरकारको आगामी नीतिका बारेमा प्रश्न गरेका थिए । दैनिक जसो सुनिने डोजर आतंकले मजदुरी गर्ने काम समेत गर्न मन नलागेको, रातमा निद्रा नलागेको बताएका थिए । सरकारले नागरीक त्रसित बनाउने कार्य गरेको सहभागीले बताएका थिए ।

कार्यक्रममा अखिल नेपाल सुुकुम्वासी संघका केन्द्रयि सचिव ओम बहादुर पौडेलले भुमिहिनहरु शहरका मौरीहरु हुन । मौरी भएन भने घारको पनि अर्थ हुदैन, तसर्थ शहर बनाउने रहर हुनेहरुले सुकुम्वासीका पुराना र थोत्रा लुगा मात्र नहेर्न आग्रह गरे । यि थोत्रा अनुहारको मजदुरीका कारण शहरका मानिस सुकुीला र शहर निर्माण भएको नबिर्सन उनको भनाई थियो ।

कार्यक्रममा संघर्ष समिति कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङ्गले यो सरकारले सुरुमै सुकुम्वासीलाई दुश्मन देख्नु गलत भएको बताए । सुकुम्वासी र भुमिहीनहरुले शहर बिगारेको नभई शहर निर्माणमा सुकुम्वासी तथा मजदुरहरुको भुमिका रहेको उहाँको भनाई थियो । संघर्ष समितिका सह संयोजक रमेश बयलकोटी, सहजिकरण समिती कास्कीको संयोजक अर्जुन मल्ल, सल्लाहकार राम बहादुर लामीछाने लगायतले आफ्नो धारण राखेका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका ३२ नम्वर वडा सभापति कुल प्रसाद अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका वडा अध्यक्ष टेक प्रसाद अधिकारीले सुकुम्वासी आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा मिलन घलानको संयोजकत्वमा ९ सदस्यीए संघर्ष समिती गठन गरिएको छ । समितिको सदस्यहरुमा बिकास सुनार, सक बहादुर गुरुङ्ग, भुपेन्द्र राना, हिरालाल श्रेष्ठ, देवी महतो, भक्त बहादुुर थापा, राजु गुरुङ्ग, सबिना नेपाली रहेका छन ।

यसैगरि सहजिकरण समितिमामा अर्जुन मल्ल संयोजक चयन भएका छन । सदस्यहरुमा रुपेन्द्र दर्जी, हरि बहादुर गुरुङ्ग, राजु परियार, केश बहादुर थापा, शुशिल तिलिजा पुन, चन्द्रमा घर्ति, सन्जय कार्की, राम बहादुर थापा रहेका छन । कार्यक्रममा बिकास बिरोधीको भिल्ला भिराएर सुकुम्वासीप्रति अमानविय हर्कत जारी राखे देशभर रहेका ५५ लाख सुकुम्वासी प्रतिकारमा उत्रने चेतावनी दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->