म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका विभिन्न स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा प्रथम ऐतिहासिक पालिका अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको जनाएको छ ।
जेठ १६ गते सम्पन्न बेनी नगरपालिकाको प्रथम ऐतिहासिक पालिका अधिवेशनबाट राज बहादुर केसी सभापतिमा चयन भएका छन् । अन्य सवै पदमा निर्विरोध चयन भएको भए पनि सभापति पदमा भने मतदान भएको थियो । एक सय १२ जनाले मतदान गरेकोमा एक मत बदर भएको थियो । ९९ मत सहित राजबहादुर केसी विजयी भएका थिए । सभापतिका अर्का उम्मेदवार सरोज बानियाँले १२ मत मात्रै प्राप्त गरेको जिल्ला सभापति युवराज रोकाले बताए ।
बेनी नगरपालिकाको उपसभापतिमा यादव सुवेदी, सचिवमा काशीराम घिमिरे तथा सहसचिवमा जमुना जिसी चयन भएका छन् । नगर समिति सदस्यहरूमा कमला दर्जी, पदम बहादुर खड्का, मनकुमारी थापा, गंगे दर्जी र सुवास थापा चयन भएका छन् । अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि चार जना, प्रदेश अधिवेशन प्रतिनिधि एकजना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि एक जना समेत सर्वसम्मत रूपमा चयन गरेको छ ।
यसअघि जेठ १४ गते सम्पन्न रघुगंगा गाउँपालिकाको प्रथम पालिका अधिवेशनबाट डम्मरबहादुर पाण्डे सभापतिमा चयन भएका छन् । उपसभापतिमा प्रकाश पाइजा, सचिवमा दल बहादुर कार्की तथा सहसचिवमा ईमा कुमारी शाही रकाल चयन भएका छन् ।
रघुगंगा गाउँपालिका समितिका सदस्यहरूमा शान्तबहादुर पाइजा, दिलकुमारी थापा, हस्त बहादुर शेर्पुन्जा, लक्ष्मी खड्का भण्डारी र तुल बहादुर बिक चयन भएका छन् । अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि तीनजना, प्रदेश अधिवेशन प्रतिनिधि एक जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि एक जना समेत चयन गरेको छ ।
मंगला गाउँपालिकाको प्रथम पालिका अधिवेशनबाट प्रतिक सुवेदी सभापति रहेको समिति चयन भएको छ । उपसभापतिमा मन बहादुर छन्त्याल, सचिवमा हरी आचार्य तथा सहसचिवमा भिमकली सुनार चयन भएका छन् ।
मंगला गाउँपालिका समितिका सदस्यहरूमा यामकुमारी अधिकारी, जीतमान गौचन, याम बहादुर खड्का, दिल कुमार रेग्मी र नेत्रबहादुर खत्री चयन भएका छन् । अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि तीन जना, प्रदेश अधिवेशन प्रतिनिधि एक जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि एक जना समेत चयन गरेको जनाएको छ ।
पालिकाका अधिवेशन सकिए सँगै जिल्ला अधिवशेनको पनि तयारी गरीएको जिल्ला सभापति युवराज रोकाले बताए ।





