म्याग्दी/ छुट्टाछुट्ट घटनामा १३ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले दुई जनालाई पक्राउ गरेको छ ।
१४ वर्षीयालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिका ४ बागमाराका १८ वर्षिय ललित मास्की मगरलाई धवलागिरी गाउँपालिकाको मुदीबाट पक्राउ गरिएको हो । बालिकालाई २०८२ चैत १७ गते बलात्कार गरेको भन्दै पीडितले २०८३ जेठ १४ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई गिरफ्तार गरी पहिलो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
त्यसैगरी २०८३ जेठ १२ गते बलात्कार गरेको भन्दै पिडीत पक्षले २०८३ जेठ १६ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीक आधारमा धवलागिरी गाउँपालिका ७ ताकमका ५३ वर्षिय धनबहादुर सुनारलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले २०८३ जेठ १६ गते आरोपितलाई गिरफ्तार गरी पहिलो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको तिमिल्सिनाले जानकारी





