बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुवेदी कल्याण प्रतिष्ठान कास्कीको अध्यक्षमा पशुपति सुवेदी

सुवेदी कल्याण प्रतिष्ठान कास्कीको अध्यक्षमा पशुपति सुवेदी


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १८ २०८३, सोमबार

पोखरा / सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पशुपति सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ।

पोखरामा आइतबार सम्पन्न अधिवेशनबाट तीनवर्षे कार्यकालका लागि महेन्द्र सुवेदी उपाध्यक्ष, भीमप्रसाद सुवेदी सचिव, बुद्धिनाथ सुवेदी सहसचिव र यमकुमारी पौडेल सुवेदी कोषाध्यक्ष निर्वाचित भए । सदस्यहरूमा रामकली सुवेदी, पशुपती सुवेदी, दीपक सुवेदी, नारायणप्रसाद सुवेदी, तीर्थराज सुवेदी, सुमित्रा सुवेदी, मुक्तीराम सुवेदी, शिव सुवेदी, सिर्जना सुवेदी र अम्बिका केसी सुवेदी चयन भए ।

अधिवेशनको उद्घाटन गर्दै सुकल्प नेपालका केन्द्रीय कुलाधिपति रमेशप्रसाद सुवेदीले सुवेदी बन्धुबीचको एकता र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले सुवेदीहरूको उद्गमस्थल बझाङको सुबेडा क्षेत्रको विकासलाई संस्थाको दीर्घकालीन लक्ष्यका रूपमा अघि बढाइएको बताए ।

उनले वंशावली निर्माण तथा कुलपूजा विधिमा एकरूपता ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा केन्द्रीय कुल भवन निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । साथै ज्येष्ठ नागरिक सम्मानका लागि अक्षय कोष स्थापना तथा आर्थिक अवस्था कमजोर र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष सञ्चालन गर्ने योजना रहेको बताए ।

सुकल्प नेपालका निवर्तमान कुलाधिपति देवीप्रसाद सुवेदीले समुदायभित्र पारस्परिक सहयोगको भावना विकास गर्नुपर्नेमा जोड दिए । एउटा सुवेदीलाई समस्या पर्दा अर्को सुवेदीले सहयोग गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताउँदै उनले सामाजिक एकता र भाइचारालाई थप मजबुत बनाउन आग्रह गरे ।

कार्यक्रममा सल्लाहकार संयोजक जगतप्रसाद सुवेदी, पोखरा–२ की वडा सदस्य गोमा सुवेदी, उपकुलाधिपति सिपी सुवेदी, केन्द्रीय सचिव मुकुन्दराज सुवेदी, उपकुलाधिपति इन्दिरा सुवेदी, केन्द्रीय सदस्य ओमप्रसाद सुवेदी, पुरस्कारदाता पशुपति सुवेदी तथा जिल्ला सल्लाहकार गोमा सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा सुकल्पको केन्द्रीय भवन निर्माणका लागि वडा सदस्य गोमा सुवेदीले एक लाख एक हजार रुपैयाँ तथा सुकल्प कास्कीले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा २०८१ सालको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने अमरसिंह माध्यमिक विद्यालयका सुदिप्ती सुवेदी र शितलादेवी माध्यमिक विद्यालयका सजग सुवेदीलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो । साधारणसभाले अध्यक्ष डा. अनिल सुवेदीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष भीमप्रसाद सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो ।

उपाध्यक्ष मनोहरी सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र सुवेदीले गरेका थिए । कार्यक्रममा नवनियुक्त केन्द्रीय कुलाधिपति रमेशप्रसाद सुवेदी तथा निवर्तमान कुलाधिपति देवीप्रसाद सुवेदीलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->