आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

वर्ष सकिन लाग्दा जम्मा एकतिहाई खर्च

वर्ष सकिन लाग्दा जम्मा एकतिहाई खर्च

आर्थिक वर्ष सकिनै लाग्दासमेत बजेट खर्च भने टिठलाग्दो देखिन्छ । हालसम्म चालुतर्फ विनियोजित १२ अर्ब ६३ करोड ६६ हजार ७५ रुपैयाँमध्ये चार अर्ब ८३ करोड ९० लाख मात्र खर्च भएको छ । यो भनेको कुल विनियोजनको ३८.२९ प्रतिशत हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८३, मंगलबार

पोखरा/आर्थिक वर्ष अन्त्यतिर आउँदा गण्डकीको बजेट खर्च भने एक तिहाई मात्रै पुगेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयका अनुसार जेठ १ गतेसम्म सरकारले कुल बजेटको जम्मा ३३ प्रतिशतमात्र खर्च गर्न सकेको छ ।

गण्डकी प्रदेशले चालु आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको थियो । अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेशसभा बैठकमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँबराबरको बजेट पेस गरेका थिए । तर, आर्थिक वर्ष सकिनै लाग्दासमेत बजेट खर्च भने टिठलाग्दो देखिन्छ ।

हालसम्म चालुतर्फ विनियोजित १२ अर्ब ६३ करोड ६६ हजार ७५ रुपैयाँमध्ये चार अर्ब ८३ करोड ९० लाख मात्र खर्च भएको छ । यो भनेको कुल विनियोजनको ३८.२९ प्रतिशत हो ।

पुँजीगततर्फ सरकारले १९ अर्ब नौ करोड ३३ लाख २४ हजार विनियोजन गरेकोमा पाँच अर्ब ७४ करोड १५ लाख ८३ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो भनेको ३०.०७ प्रतिशत मात्रै हो ।

वित्तीय व्यवस्थापनतर्फ सरकारले २५ करोड विनियोजन गरेको थियो । यो रकम भने कत्ति पनि खर्च भएको छैन ।

हालसम्म समग्र ३१ अर्ब ९७ करोडको बजेटमा १० अर्ब ५८ करोड रुपैयाँमात्र खर्च भएको मन्त्रालयको तथ्यांक छ ।

बजेट खर्च कम भएता पनि सरकारको राजस्व संकलनको अवस्था भने करिब ६० प्रतिशत पुगेको छ ।

१२ अर्ब ४३ करोड ६ लाख कर राजस्व संकलनको लक्ष्य लिएको सरकारले यो हालसम्म आठ अर्ब ३३ करोड चार लाख राजस्व संकलन गरेको छ । तीन अर्ब १३ करोड गैरकरको लक्ष्यमा एक अर्ब ६२ करोड रुपैयाँ लाख संकलन भएको छ ।

संघले दिने विभिन्न चार प्रकारका अनुदानबाट १२ अर्ब २३ करोड ३६ लाख आउने अनुमान गरिएता पनि हालसम्म सात अर्ब ६२ करोड ९२ लाख अनुदान प्राप्त भएको छ । अन्य स्रोतबाट दुई अर्ब ४३ करोड ५० लाख उठाउने लक्ष्य लिइएकोमा एक अर्ब एक करोड ३४ लाख १९ हजार संकलन भएको मन्त्रालयले जनाएको छ । आन्तरिक ऋण लिने भनेता पनि संघले कानुन नबनाएका कारण प्रदेशले लिन सकेको छैन । सरकारले एक अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण लिने भनेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमध्ये ६६.५८ प्रतिशतमात्र खर्च गर्न सक्यो । ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट ल्याएकोमा २२ अर्ब २५ करोड ७४ लाख ९६ हजार रुपैयाँमात्र खर्च गर्न सकेको थियो । जसमध्ये चालुतर्फ ६० प्रतिशत र पुँजीगतर्फ ७२.३७ प्रतिशत गरी समग्रमा ६६.५६ प्रतिशत खर्च गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा ६६.०७ प्रतिशत खर्च गरेको छ । त्यो बेला ३५ अब ९० करोड ९० लाख बजेटमध्ये २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ खर्च गरेको थियो । २०७८/७९ मा ७०.४२ प्रतिशत विकास बजेट खर्च गरेको थियो । २०७७/७८ मा गण्डकी प्रदेश सरकारले बजेटको ७३ प्रतिशत बजेट खर्च गरेको थियो । २०७६/७७ मा ६३.७१ प्रतिशत, प्रदेश सरकारले २०७५/७६ मा ५८.१० प्रतिशत खर्च गरेको प्रदेश लेखा कार्यालयसँग तथ्यांक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->