पोखरा/गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज (मंगलबार) प्रदेशसभामा पेश हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मालेपाटन स्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय परिसरमा रहेको प्रदेशसभा भवनमा नीति तथा कार्यक्रम वाचन गर्नेछन ।
नेपालको संविधानको धारा १८४ (२) मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले १ असारमा बजेट ल्याउनुपर्छ । त्यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने कानूनी बाध्यता छ ।
यसअघि बजेटका सिद्धान्त र प्राथमसकतामाथिको छलफल सकिएको छ । छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरू केवल सुझाव मात्र नभई खुम्चिँदो अर्थतन्त्रकाबीच प्रदेशलाई आत्मनिर्भर बनाउने मार्गचित्र (रोडम्याप) का रूपमा देखिएका छन् ।





