बागलुङ/बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजना र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ केन्द्रिय समिति काठमाडौंको सहयोगमा बौद्धिक अपाङ्गता स्थापना दिवस बागलुङमा पनि मनाइएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सनी कुमार केसी, एकिकृत सेवा केन्द्र बागलुङका कम्युटर अधिकृत श्याम कुमार थापा मगर, नेपाल गाजा फाउन्डेसनका सचिव उमेश गौतम, अपाङ्ग सरोकार संघ बागलुङका अध्यक्ष जगुपति कँडेल, अभियन्ता रेशम आले मगरले स्थापना दिवसमा मन्तव्य व्यक्त गरेका थिए ।
बौद्धिक अपाङ्ग दिवसको घोषणा पत्रको वाचन अभिभावक इन्द्रा शर्माले गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता बौद्धिक अपाङ्ग भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका सचिव याम बहादुर थापा मगर, संचालन विशेष बाल कक्षा विद्यालय उपल्लाचौरका प्रध्यानाध्यापक युक्तजंग राजभण्डारी र स्वागत सुरक्षा सापकोटाले गरेकी थिइन् ।
हरेक वर्षको जेठ १८ लाई बौद्धिक अपाङ्घता दिवसको रुपमा मनाउन सरकारलाई पहल गर्ने, जनचेतनामार्फत भेदभाव अन्त्य गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारी विकास अभिवृद्धि कायम गर्ने, प्रभावित व्यक्ति तथा परिवारका आवाजलाई नीति निर्माण तह समावेश गराउने रहेको छ । आत्मसम्मानको अधिकार, पहिचान र सम्मानको अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, सहभागिताको अधिकार, परिवार र समुदायमा बसोबासको अधिकार, कानुनी संरक्षणको अधिकार, राज्य र समाजको दायित्वबारे वकालत गर्ने रहेको छ ।
त्यसैगरी अपाङ्गताभन्दा पहिला व्यक्तिलाई हेर्ने, पछाडि पारिएकाहरुलाई पहिलो साथ र प्राथमिकता दिने, आवाजहरु मौन हुँदा आवाज सशक्त रुपमा उठाउने, बन्द रहेका ढोकाहरु खोल्ने, सबै मिलेर सबैका लागि नेपाल निर्माणमा लाग्ने छु र माया र बलिदानका साथ आगामी यात्राा तय गरेर परिवारलाई साथै लैजाने काम हुने प्रतिवद्धता व्यक्त गरिएको जानकारी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकको संघ बागलुङका सचिव याम बहादुर थापा मगरले जानकारी दिए ।





