शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पति हत्या आरोपमा पत्निसहित तीनजना पक्राउ

पति हत्या आरोपमा पत्निसहित तीनजना पक्राउ

बागलुङको जैमिनी नगरपालिका वडा नं १० को हाडिकोटमा निर्माणाधीन भ्यूटावरमा काम गर्न जाने क्रममा पत्नीले अन्य पुरुषको साथ लिएर आफ्नै पतिको हत्या गरेको आरोप लागेको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८३, बुधबार

बागलुङ/दुईवटी पत्नीपछि ल्याएकी तेस्रो नम्बरी पत्नीले आफ्नै हत्या गर्छिन् भन्ने सायद उनले सोचेका थिएनन् होला । तर उनको हत्या कान्छि पत्नीबाटै भयो ।

सोमबार ती महिलाले आफ्नै पति हत्या गरेको आरोप लागेपछि पक्राउ परेकी छिन् । बागलुङको जैमिनी नगरपालिका वडा नं १० को हाडिकोटमा निर्माणाधीन भ्यूटावरमा काम गर्न जाने क्रममा पत्नीले अन्य पुरुषको साथ लिएर आफ्नै पतिको हत्या गरेको आरोप लागेको छ । किटानी जाहेरीपछि ती महिला सहित अन्य २ पुरुष पनि पक्राउ परेका छन् ।

सोमबार तीनजना मिलेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सोमबार दिउसो ४ बजे हाडिकोट सामुदायिक वन भित्र शव भेटिएपछि ती महिला र दुई पुरुष मिलेर हत्या गरेको थाहा भएको हो । प्रहरीले घटनास्थल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । मंगलवार प्रहरीले तीनैजनालाई सदरमुकाम ल्याएर अनुसन्धान थालिसकेको छ ।

लमजुङ जिल्ला क्वहोलासोथार गाउँपालिका वडा नंं ९ घर भइ केही दिनदेखि भ्यूटावरमा काम गर्न आएका ६२ वर्षीय देउबहादुर सार्कीको हत्या भएको थियो । ढुंगाले हानेर विभत्स रुपमा हत्या भएको अवस्थामा शव फेला परेको थियो । उनको हत्यामा आफ्नै कान्छी पत्नी २६ वर्षीया लक्ष्मी नेपाली पक्राउ परेकी हुन् । हत्या गरेको आरोपमा नेपाली र सँगै काम गर्ने कास्कीको पोखरा महानगरपालिका वडा नंं २६ का ३८ वर्षीय राम आकाश विश्वकर्मा र कास्कीकै मादी गाउँपालिका ३ का ५६ वर्षीय दमाइ भनेर चिनिने आसपुरे कामी पक्राउ परेको प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।

हत्या हुनुअघि उनीहरुबीच झगडा भएको स्थानीयले बताएका थिए । बिहान ७ बजेनै मदिरा सेवन गरी झगडा गर्दै उनीहरु काम गर्ने स्थलतिर जाँदै गरेकोमा दिउसो हत्या भएको प्रहरीको अनुमान छ । पक्राउ परेका तीनैजनालाई मंगलवार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको छ । जैमिनी १० को हाँडीकोट सामुदायिक वनमा रहेको प्रतिक्षालयमा सोमबार दिउसो उनको शव फेला परेको थियो । स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय बरेङडाँडा र कुश्मीसेराबाट गएको टोलीले घटनास्थलबाट शव उठाएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार बिहानैदेखि छोरेडाँडाखानी भन्ने स्थानमा मृतक र फक्राउ परेका व्यक्तिले रक्सी सेवन गरेको, काम गर्न जाँदा बाटोमै झगडा भएको अवस्थामा उनीहरुले मृतकको टाउकोमा ढुंगा प्रहार गर्दा मृत्यु भएको अनुमान छ । पक्राउ परेकी नेपाली मृतकी तेस्रो पत्नी हुन् । हाल नेपालीको साथमा २ वर्षीया छोरीसमेत छन् । मृतकको जेठी पत्नीतर्फ २ छोरी, र माइली पत्नीतर्फ ६ वर्षको एक छोरा रहेको खुलेको छ ।

मंगलवार प्रहरीले पत्रकार सम्मेलन गरेर उक्त घटनाको जानकारी दिंदै जिल्लामा शान्ति सुरक्षा कायम गर्न पनि पहल गर्ने बताएको छ । हालै आएका प्रहरी उपरीक्षक प्रसाईले सूचना प्रवाहलाई चुस्त बनाउने, समाजमा हुने अपराधिक घटना न्युनिकरण गर्ने र आम नागरिकलाई अमनचयन कायम गराउने काममा लाग्ने बताए । ‘मैले यो गर्छु भनेर होइन, गरेर देखाउने पक्षमा छु,’ उनले भने, ‘अपराधिक क्रियाकलापमा निर्मम भएर प्रहरी कारवाहीमा लाग्छ ।’ उनले एकीकृत भेरिफाइ सूचना प्रणाली लागू गर्ने पनि बताए । हाल जिल्लाको दरबन्दीमा २० प्रतिशत जनशक्ती कमी भएकोले कतिपय स्थानमा थोरै प्रहरी परिचालन गरिएको र आवश्यकता अनुसार थप गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->