आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लिटिल स्टेपले सर्वोच्चमा दायर मुद्दा फिर्ता लिने, फिर्केमा बनेका संरचना हटाउने सहमति

लिटिल स्टेपले सर्वोच्चमा दायर मुद्दा फिर्ता लिने, फिर्केमा बनेका संरचना हटाउने सहमति


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८३, बुधबार

पोखरा/ पोखराको मध्यभागमा रहेको फिर्के खोलाको खोलाघरमा निर्मित विद्यालय भवन नहटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा लिटिल स्टेप स्कुलले फिर्ता लिने भएको छ।

पोखरा महानगरपालिका र विद्यालय प्रशासनबीच भएको छलफलपछि विद्यालयले मुद्दा फिर्ता लिने सहमति जनाएको पोखरा महानगरप्रमुख धनराज आचार्यले बताएका छन् । उनका अनुसार खोलाघरभित्र रहेका मुख्य भवनसहित सबै संरचना पूर्ण रूपमा हटाउने सहमति विद्यालयले जनाएको छ ।

सहमति अनुसार विद्यालय सञ्चालनका लागि आवश्यक नयाँ भवन निर्माण प्रक्रियामा महानगरपालिकाले सहजीकरण गर्ने उल्लेख छ। भवन निर्माणका क्रममा आवश्यक नक्सापासलगायतका कानुनी तथा प्रशासनिक कामलाई प्राथमिकतामा राखेर महानगरपालिकाले सहयोग गर्ने जनाइएको छ ।

सहमतिले वातावरणीय संरक्षण, सार्वजनिक सम्पदाको संरक्षण र शैक्षिक संस्थाको दिगो व्यवस्थापनबीच सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->