पोखरा / पोखरा– २१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन स्थलमा बम जस्तै शंकास्पद बस्तु भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बिरेन्द्रकुमार पासवानका अनुसार फोहोर फाल्ने स्थानमा सकेट बमजस्तो बस्तु देखिएको छ । ‘त्यो बम हो होइन भन्ने विषयमा अहिले नेपाली सेनाले भेरीफाई गरिरहेको छ,’ उनले भने ।
महानगरपालिकाको फोहोर बोक्ने ग १ ख ५४३७ गाडी मार्फत रातो पहिरो क्षेत्रबाट बिहीबार फोहोर सङ्कलन गर्ने क्रममा ग्रिनेट फेला परेको हो। प्रहरीका अनुसार फोहोरमा कवाडी खोज्ने क्रममा रिमा शेर्पाले ग्रिनेट भेटेकी थिइन्।
शेर्पाले हातमा खेलाइरहेको अवस्थामा त्यहीँ कार्यरत एक्स्काभेटर चालकले देखेपछि तत्काल फोटो खिचेर सुरक्षित ठाउँमा पुर्याएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी नमराज भट्टराईको नेतृत्वमा टोली घटनास्थलमा पुगेको हो।





