बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा २० मा क्षमता अभिबृद्धी तालिम

पोखरा २० मा क्षमता अभिबृद्धी तालिम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २१ २०८३, बिहिबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं। २० ले क्षमता अभिबृद्धी सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

वडाभित्रका टोल विकास संस्था र उपभोक्ता समितिका पदाधिकारीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा सहभागिलाई बैठक संचालन, माईन्युट लेखन, प्रस्तावना पत्रको तयारी र व्यवस्थित लेखा प्रणालीका विषयमा प्रशिक्षण दिईएको वडाले जनाएको छ ।

२२ वटा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० जना सहभागि रहेको प्रशिक्षणमा इन्जिनियर विनोद शर्मा,वडा सचिव रामप्रसाद तिवारी र लेखापाल धर्मराज बुढाले सहजिकरण गरेका थिए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले वडाभित्रका बिभिन्न समितिमा आवद्ध व्यक्तिको क्षमता विकास गर्न तालिम फलदायी हुने बताए । उनले माईन्युट लेखन तथा समितिको कार्यप्रणालीलाई व्यवस्थित र आर्कषक बनाउन वडाले विगतबाटै यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराए । वडाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले यस्ता तालिमले वडाबाट हुने कार्य सम्पादनमा पनि सहजता ल्याउने बताए ।प्रशिक्षक इन्जिनियर विनोद शर्माले टोल विकास संस्था र उपभोक्ता समितिबाट सम्पादन हुने कामलाई सहज बनाउन बेला बेलामा सदस्यको क्षमता विकास हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको संचालन सचिव रामप्रसाद तिवारीले गरेका थिए । वडा कार्यालयले बार्षिक योजनामा नै समावेश गरि निरन्तर रुपमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->