आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विद्युत् सुधार, क्यान्सर उपचार र सुरुङ मार्गसहितका गौरवका योजनामा ध्यान दिन सांसद महतको जोड

विद्युत् सुधार, क्यान्सर उपचार र सुरुङ मार्गसहितका गौरवका योजनामा ध्यान दिन सांसद महतको जोड


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २१ २०८३, बिहिबार

पोखरा/ गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले सरकारको नीति तथा कार्यक्रममा समेटिएका तथ्याङ्कप्रति शंका व्यक्त गरेका छन् । उनले ठूला रूपान्तरणकारी योजनाहरूमा ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रदेशका ९९.८ प्रतिशत घरमा बिजुली पुगेको भनी सरकारले प्रस्तुत गरेको तथ्याङ्कको सन्दर्भ जोड्दै अब ग्रामीण क्षेत्रमा रहेका हाइटेन्सन लाइनका नाङ्गा तारहरूलाई सुधार गरी सुरक्षित बनाउन माग गरे ।

यस्तै, सरकारले १ लाख ६० हजार घरमा ‘एक घर एक धारा’ बनाएको भए पनि तथ्यांक सही नभएको जनाए ।  सांसद महतले नागरिकको स्वास्थ्य सुरक्षाका विषयमा बोल्दै क्यान्सर रोगको उपचारलाई थप सहज र पहुँचयोग्य बनाउन प्रदेश सरकारले विशेष जोड दिनुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा टुक्रे अनुदान बाँड्ने परिपाटीभन्दा पनि क्यान्सर जस्ता जटिल रोगको उपचारका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र बिरामीले प्रत्यक्ष राहत पाउने गरी स्थायी संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिए ।

गण्डकी प्रदेशको आर्थिक र भौतिक विकासका लागि नयाँ र दूरगामी महत्वका योजनाहरू ल्याउनुपर्नेमा जोड दिँदै सांसद महतले ‘मेगासिटी’ को अवधारणा अघि सारे । उनले तनहुँ, नवलपुर, कास्की र पर्वत जिल्लालाई आपसमा जोड्ने सुरुङ मार्ग (टनेल मार्ग) निर्माणको सम्भाव्यतालाई नीति तथा कार्यक्रममा समेट्न माग गरे ।  यसैगरी लोकाहा खोला र पुडीटारमा औद्योगिक क्षेत्र निर्माण, बिरेठाँटी मुक्तिनाथ केलबार जस्ता आयोजनाहरूमा सरकारको ध्यान जानु आवश्यक रहेको उल्लेख गर्दै उहाँले परम्परागत ढर्राभन्दा माथि उठेर नयाँ सोचका साथ प्रदेशको रूपान्तरणका लागि काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->