शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फोहोरमा भेटिएको विष्फोटक पदार्थ किन लग्यो नेपाली सेनाले ?

फोहोरमा भेटिएको विष्फोटक पदार्थ किन लग्यो नेपाली सेनाले ?

सेनाको रानीपौवास्थित पृतनाबाट खटिएको टोलीले अनुसन्धान गरेपछि बिजयपुर ब्यारेकबाट खटिएको टोलीले उठाएर लगेको थियो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०८३, बिहिबार

पोखरा/ फोहोर फाल्ने ठाउँ पोखरा-२१ मा भेटिएको बम नेपाली सेनाले उठाएर लगेको छ । बम भेटिएको खबर पाएर गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम डिस्पोज (निस्कृय) नपारी लिएर गएको हो ।

पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँमा ३ वटा बेवारिसे बम फेला परेको थियो । विहीबार विहान फोहोर बोक्ने गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले बम भेट्टाएकी थिईन् ।

सो बम अनुसन्धानका लागि सेनाले लिएर गएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रकुमार पासवानले जानकारी दिए । बम नै त नभनौं, त्यसलाई हामी शंकास्पद बस्तु भन्छौं, उनले भने, ‘दुई वटा घातक र एउटा कम घातक खालको स्मोक ग्रिनेड हो भन्ने सेनाको भनाई छ । त्यसैले थप अनुसन्धानका लागि लैजानुपर्ने भयो भनेर लिएर गए ।’

घातक ग्रिनेडमध्ये एउटा ग्रिनेडको नटसमेत खोलिएको अवस्थामा भेटिएको थियो । अन्य दुईवटा भने पिनसमेत लागेको अवस्थामा रहेकाले पछि काम लाग्नसक्ने भएकाले पनि सेनाले लगेको हुनसक्ने बताइएको छ । बम लैजानुअघि दिनभरीजसो बम भेटिएको क्षेत्रमा तनाव भएको थियो ।

त्यहाँ दिनभरी नै बम डिस्पोज गर्ने भन्दै प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएको थियो भने सेनाको रानीपौवास्थित पृतनाबाट खटिएको टोलीले अनुसन्धान गरेपछि बिजयपुर ब्यारेकबाट खटिएको टोलीले उठाएर लगेको थियो ।

पोखरा-२१ मा हालैमात्र अस्थायी फोहोर फाल्न बनाइएको ठाउँमा बम भेटिएपछि स्थानिय त्रसित भएका थिए । पोखरा-१७ रातोपैह्रा, पर्वतीय संग्रहालय, हनुमान टोललगायतका क्षेत्रबाट ग।१ख।५४३७ नम्बरको महानगरपालिकाको फोहोर बोक्ने गाडीले संकलन गरेको फोहोरमा बम भेटिएको पोखरा-२१ की कार्यवाहक वडाध्यक्ष विमला केसीले जानकारी दिईन् । उनले भनिन्,‘रातोपैह्रा, हनुमानटोल, म्यूजियमलगायतका क्षेत्र वरपरबाट ल्याएको सो गाडीको फोहोरमा कवाडी खोज्दै गर्दा शेर्पा बहिनीले बम भेटेकी रहिछन् ।’

बोरामा भएकाले गाडीमा कसैले नदेखेको बम फोहोर फाल्ने ठाउँमा लगेर खन्याएपछि मात्रै देखिएको हुनसक्ने उनको भनाई छ । फोहोर बोरामा भएकाले त्यहाँ के छ भन्ने कसैलाई थाहा नै भएन,उनले थपिन्,‘खोलेर कवाडी खोज्दा पो बम भेटिएको रहेछ ।’

बम भेटिए पनि ती महिलाले फलामको डल्लो सम्झेर स्थानिय स्काभेटर चालकलाई देखाएकी थिईन् । उनीहरुले पनि फलाम भित्र तामाजस्तो देखिएपछि बेच्न भनेर लिएर गएका थिए । करीब दुई किलोमिटर टाढा दोबिल्ला पुगेपछि कसैले बम हो भन्दिएपछि तुरुन्तै फोहोर फाल्ने ठाउँमै लगेर राखिदिएको का।वा।वडाध्यक्ष केसीले बताईन् । उनले भनिन्,‘त्यस्तो लापरवाही गर्दा पनि धन्न केहि भएनछ, भाग्यले बाँचे ।’

बम भेट्टाएकी शेर्पाले पनि आफूले फलाम सम्झेर बेच्न पठाएको बताईन् । एउटा भाईलाई पठाएको थिएँ, उनले भनिन्,‘बेच्न खोज्दा सक्कली बम हो भनेर किन्न मानेनछन् । त्यसपछि फेरी फर्काएर ल्याएर यहाँ राखिदियौं ।’

उनका अनुसार फाइबरको झोला भित्र रहेको प्लाष्टिकको झोलामा बम थियो । फाइबरको सपिङ झोला उचाल्दा गरुङ्गो भयो,उनले थपिन्,‘त्यसपछि झोला खोलेर हेर्दा पो झोला भित्र अर्को प्लाष्टिकको झोलामा फलामको डल्ला देखेँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->