शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गोकुल जोशीलाई स्वर्गमा भेट्दा

गोकुल जोशीलाई स्वर्गमा भेट्दा


  • पद्मकिरण राना
  • जेष्ठ २३ २०८३, शनिबार
पद्मकिरण राना

आँखा झ्याप्प के भएथ्यो, स्वर्गमा पो पुगेछु,
स्वर्गको चहलपहल र रिमझिममा पो डुबेछु
सबै जना हासी खुशी, रहेछन् सबै फुर्सदिला
राग, द्वेष, इष्र्या छैन, सबै रहेछन् फरासिला

जेठ ८ आउदै थियो, भेट्ने मन भो गोकुललाई
जन्म दिनको बधाई दिन, मनमा बढ्यो तडपाई
सोचेको थिएँ उनको कपाल फुली सबै सेतै होला
बुढा त तन्नेरी छन्, चिल्ला पिरा झन रसिला

टाढैबाट अभिवादन गरे,ं चिनिहाले उन्ले मलाई
हात मिलायौं ! जन्म दिनको, दिएँ मैले धेरै बधाई
सोधी हाले मलाई उनले, के हाल छ नेपालको
मैले भने शासन सत्ता, सबै रवि बालेनको

उन्ले सोधे यस्तो परिणाम, के कसरी भयो सुनाउ
मैले भने बेथिति दण्डहिनताको, गुणा भागा जोड घटाउ
जनताको छाति टेकी, नेपोबेबी किनसिप भने
रवि बालेन दुबै मिली, सबैलाई क्लिनस्विप्ट गरे

नीति बिचार सिद्धान्तलाई, राखे रद्दी टोकरीमा
इमान जमान न्यायलाई, फ्याक्दे रानीपोखरीमा
यीनीहरुले काण्डै काण्ड, देश कंगाल बनाई सके
भन्न मात्र नसक्या हो, भित्र बाहिर गन्हाई सके

आफ्नालाई उन्मुक्ति र निमुखालाई फसाई रहे
जनता सबै खुशी छन्, भन्दै जग सारा हसाई रहे
अन्याय अत्यचार भ्रष्टचारले, नेटो काटी सक्दा पनि
भँुडि फुलाए भ्यागुता झै, दावी गरे जित्छौ भनि

जित्न त कता कता, धरौटी पो भयो जफत
भै रहेछ उनिहरुलाई, मुख देखाउन अझै आपत
यत्ति मात्र के भनेथ्ये, बुढो रिसले जंगी हाले
लौरो लेर आइज भनि, डाकि हाले द्वारपाले

बेकार्मा सत्य बोलेछु, भनि धिक्कारे आफैलाई
पिट्ला कित भनेको त, दिए उल्टै बधाई मलाई
भन्न थाले ठिक छ केटा, पापले कहि पुण्य हुन्न
बुद्धि तिनको नफिरेमा, सुदिन तिनको कहिल्यै आउन्न

बिष रोपी अमृत खोज्ने, कस्तो रह्यो उल्टो चलन
त्यै भएर भाको रहेछ, यो मन मेरो औधी जलन
भन्दे केटा उनिहरुलाई, सधै पुण्य कर्म गर्नु
शासक होइन सेवक बनि, जिन्दगीभर सेवा पर्नु

नगरेर फलको आशा, काम गर्ने महान हो
मर्नु पर्छ एक दिन सबले, भनी जान्ने ज्ञानी हो
नम्र भै झुक्नु पर्छ, फल बृक्ष झुके सरी
आँखाको नानी बन्नु पर्छ, सबलाई दृष्टी दिने गरी

गल्ति गर्ने कसैलाई स्वर्ग आउन मैले दिन्न
झल्यास्स भएँ, ब्युझिएछु मन भयो सारै खिन्न
अनि सोचे हैट कस्तो, सपना पो देखिएछ
आत्माग्लानी भयो मलाई कस्ताको विश्वास गरिएछ

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->