बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बागलुङको प्रथम अधिवेशनबाट जिल्ला सभापतिमा पुनम शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । शनिवार गलकोटमा भएको प्रथम अधिवेशनबाट शर्मा सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।
उपसभापतिमा ढालेन्द्र रायमाझी, सचिवमा लाल बहादुर खत्री (बबिन), सहसचिवमा पुष्पा आचार्य र कोषाध्यक्षमा डुक मल्ललाई सर्वसम्मत चयन भएको अधिवेशनमा सहभागी एक प्रतिनिधीले बताए । सदस्य पदमा पनि सर्वसम्मतको प्रयाश भइरहेको छ ।
सभापतिको लागि ४ जनाको उम्मेदवारी परेपनि शर्माको नाममा सर्वसहमती जुटेको हो । सभापतिमा पुनम शर्मा, खिमानन्द पौडेल, ढालेन्द्र रायमाझी र मनोज खड्काले उम्मेदवारी दर्ता गरेका थिए ।
सभापतिमा उम्मेदवारी दर्ता गरेका रायमाझीले आफुलाई उपसभापति बनाएकोमा असन्तुष्टी जाहेर गरेका छन् । संघीय सांसद सुशिल खड्का, सोम शर्मा र रास्वपा गण्डकी प्रदेश समितिका सदस्य चित्र बहादुर थापा सहितको निर्वाचन समितिले सभापतिका उम्मेदवारहरुबाट शर्माको नाम घोषणा गरेको हो ।





