बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित

रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित

प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित भएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८३, शनिबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । शनिवार भएको प्रथम जिल्ला अधिवेशनबाट प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित भएका हुन् ।

अधिकारीले ११५ मत प्राप्त गरे भने न्यौपानेले ११४ मत प्राप्त गरेका छन् । कुल २३३ मत मध्ये ४ जना प्रतिनिधीले कसैलाई पनि मतदान नगरेको रास्वपा श्रोतले जनाएको छ । जिल्ला अधिवेसनमा २९५ जना प्रतिनिधि छनोट भए पनि २३३ मत मात्र खसेको हो ।

सचिवमा विश्वराज पौडेल १२२ मत प्राप्त गरेर विजयी भएका छन् । प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा चिन बहादुर गुरुङ र सहसचिवमा सुजन बस्ताकोटी निर्विरोध भएका छन् । कोषाध्यक्ष पछि मनोनित गरिने छ । ४ सदस्य पदका लागि १० जनाको विचमा प्रतिस्पर्धा भएको थियो । सदस्यहरूमा भेषराज तिमिल्सिना, लक्ष्मी पौडेल, श्याम गुरूङ र सीता चापागाईं निर्वाचित भएका छन्।

अन्य सदस्यहरूमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी, दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध निर्वाचित भएका थिए। १९ सदस्यीय जिल्ला समितिमा १२ जना निर्वाचित हुने  र २ जना सभापतिले मनोनित गर्नेछन्। कास्कीमा रहेका ५ वटा स्थानीय पालिका समिति सभापति पदेन सदस्य रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->