शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

रास्वपा म्याग्दीको सभापतिमा रोका सर्वसम्मत

रास्वपा म्याग्दीको सभापतिमा रोका सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८३, आइतबार

म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला अधिवेशनले पुनः युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सवंसम्मत रुपमा चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनले उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर थापा सर्वसम्मत रुपमा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी र पूर्णबहादुर खत्री चयन भएको रास्वपा म्याग्दीका नेता सरोकुमार बानियाँले जानकारी दिए । नवनिर्वाचित सभापति रोका यसअघि जिल्ला सभापति नै थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->