आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१७ करोड फिर्ता गर्ने प्रतिबद्धतापछि महेन्द्र भोटेसंग ५ लाख धरौटी माग

१७ करोड फिर्ता गर्ने प्रतिबद्धतापछि महेन्द्र भोटेसंग ५ लाख धरौटी माग


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २४ २०८३, आइतबार

पोखरा/ पोखराको चर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामो समयदेखि पुर्पक्षका लागि थुनामा रहेका महेन्द्र भोटे भनेर चिनिने शिवबहादुर गुरुङसंग कास्की जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनलाई १७ करोड रुपैयाँ बिगो तिर्ने कबुल गराई मुद्धाको किनारा नलागुन्जेल धरौटीमा छाड्न शुक्रबार आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले बताए ।

स्रेस्तेदार राजन खनालका अनुसार गुरुङसंग धरौटी मागको आदेश भएको हो । शुक्रबार गुरुङले धरौटी बुझाएनन् । हिजो र आज दुई दिन बिदा भएको र सोमबार धरौटी बुझाएमा रिहा हुने खनालले बताए । महेन्द्र नेकपा एमालेनिकट युवा संघका नेता हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा उठेर पराजित भएका थिए ।

कास्की अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो । सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुलाई सहकारी ऐनका विभिन्न दफा अनुसारको कसुरमा बिगो बमोजिम जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको थियो ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सहकारीको रकम सबैभन्दा बढी जीबीका दाजुभाइ अध्यक्ष हुँदा अपचलन भएको देखिएको थियो । २०६५ असार २६ गतेदेखि २०६८ मंसिर १७ गतेसम्म ज्ञानबहादुर वम्जन अध्यक्ष हुँदा १९ करोड २ लाख ८४ हजार रुपैयाँ अपचलन भएको पाइएको छ ।

त्यसपछि अध्यक्ष भएका जीबी राईको कार्यकालमा १९ करोड २८ लाख ४९ हजार रुपैयाँ अपचलन भएको देखिएको छ । त्यसपछिको कार्यकाल जीवीकै दाइ भूपेन्द्र अध्यक्ष थिए । २०७३ मंसिर १८ गतेदेखि २०७८ कात्तिक १७ गतेसम्म भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७२ लाख ३३ हजार रुपैयाँको कर्जा करोबार भएको थियो । त्यसभन्दा यता थानबहादुर बुढामगर अध्यक्ष थिए । उनी अध्यक्ष हुँदा २७ करोड ४८ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी भएको देखिएको छ । राजनीतिक संरक्षणमा गुण्डागर्दी पृष्ठभूमिबाट व्यवसाय हुँदै सक्रिया राजनीतिमा छिरेका महेन्द्र भोटेले पनि साढे ८ करोड रुपैयाँ लगेको देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->