बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नचढाउने बस कारबाहीमा

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नचढाउने बस कारबाहीमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८३, सोमबार

पोखरा/ बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नचढाउने एक सार्वजनिक बसलाई कारवाही गरिएको छ । ती व्यक्तिले बस रोकेर चढ्न खोज्दा नरोकी दौडिएको ग२ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक जरिवाना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–३२, लेखनाथका एक बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बस नरोकी हिँडेको थियो । यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त व्यक्तिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले भिडियो पोष्ट गरेका थिए ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले आवश्यक खोजतलास तथा कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा ग२ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक जरिवाना गरिएको हो । साथै, चालक तथा सम्बन्धित पक्षलाई आगामी दिनमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको छ ।

उक्त सवारी साधनका प्रतिनिधिले भविष्यमा यस्ता व्यक्तिहरूप्रति विशेष संवेदनशीलता अपनाउने प्रतिबद्धता जनाएपछि आवश्यक प्रक्रिया पूरा गरी सवारी साधन छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->