शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पत्रकार महासंघ बागलुङले प्रधानमन्त्रीलाई बुझायो हस्ताक्षर

पत्रकार महासंघ बागलुङले प्रधानमन्त्रीलाई बुझायो हस्ताक्षर


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २५ २०८३, सोमबार

बागलुङ/जिल्लाका पत्रकारहरुको हस्ताक्षर संकलन गरि नेपाल पत्रकार महासंघ बागलुङले प्रधानमन्त्रीलाई बुझाएको छ । निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको निर्णय फिर्ता लिन र सबै संचारमाध्यमलाई सरकारी विज्ञापन वितरण गर्न माग गर्दै संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।

महासंघको केन्द्रीय समितिको आव्हानमा सुरु भएको देशव्यापी दबाबमूलक कार्यक्रम अन्तर्गत संकलित हस्ताक्षर महासंघका अध्यक्ष राम थापासहितको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले महासंघले बुझाएको हस्ताक्षर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने बताए । सरकारी विज्ञापनमा सबै सञ्चार माध्यमको समान अधिकार सुनिश्चित गर्दै सरकारी सञ्चार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय फिर्ता लिन माग गर्दै महासंघ आन्दोलित बनेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभ्यास, सूचना पहुँचमा नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहको सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने विभेदकारी निर्णय फिर्ता लिनुपर्ने महासंघको ठहर रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->