शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काजी रोशनलाई हरिदेवी कोइराला साहित्य पुरस्कार

काजी रोशनलाई हरिदेवी कोइराला साहित्य पुरस्कार

विम्बकवि रमेश श्रेष्ठले काजी रोशनलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८३, सोमबार

पोखरा / वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालाको कविता संग्रह ‘मायाको भूगोल’ लोकार्पण गरिएको छ। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषको आयोजनामा पोखरामा एक कार्यक्रमकाविच साहित्यकारहरुद्वारा सामूहिक रुपमा उक्त संग्रहको लोकार्पण गरिएको हो ।

सो अवसरमा वरिष्ठ साहित्यकार काजी रोशनलाई ‘हरिदेवी कोइराला साहित्य पुरस्कार–२०८२’ प्रदान गरिएको थियो। कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोला, संरक्षक हरिदेवी कोइराला, संरक्षक रामबहादुर कोइराला र प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठले काजी रोशनलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

५ दशकदेखि निरन्तर साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशील बागलुङका वरिष्ठ साहित्यकार काजी रोशनका २ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

सम्मानित व्यक्तित्व काजी रोशनले सष्टाको जीवितै अवस्थामा सम्मान गर्नुपर्नेमा जोड दिँदै सम्मानप्रति आभार व्यक्त गरे । पुरस्कारबाट प्राप्त रकम उनले लोकगायिका हरिदेवी कोइरालाको नाममा बागलुङमै पुरस्कार स्थापना गर्न कोष खडा गर्ने घोषणा गरे । उनले हरिदेवी कोइराला साहित्य कला संस्कृतिको ‘जीवित देवी’ भएको उल्लेख गरे ।

‘मायाको भूगोल’ कृतिका स्रष्टा कोइरालाले आफू सानै उमेरदेखि साहित्य क्षेत्रमा लागेको र धैरैको हौसलाबाट नै यस क्षेत्रमा अगाडि बढ्न सहजता मिलेको बताइन् । समाजमा आमा दिदीबहिनीले भोग्नुपरेका दुःख, कष्ट र वेदना गीतका माध्यमबाट प्रस्तुत गर्ने गरेको उनको भनाइ थियो ।

कृतिको समीक्षा गर्दै प्रा.डा. जगन्नाथ रेग्मीले कोइरालाका रचना सरल र मार्मिक रहेको बताए । साहित्यकार असफल गौतमले साहित्यिक तथा लोकसंस्कृतिको क्षेत्रमा कोइरालाले पु¥याएको योगदानको चर्चा गर्दै राज्यबाट जति सम्मान हुनुपर्ने हो, त्यो नभएको टिप्पणी गरे ।

विम्बकवि रमेश श्रेष्ठले साहित्य क्षेत्रमा काजी रोशनले पुर्‍याएको योगदान चर्चा गर्दै यस्ता स्रष्टा बिरलै पाइने बताए । गण्डकी प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले हरिदेवी कोइरालाको कृति अत्यन्तै स्तरीय र पठनीय भएको बताए ।

प्रतिभा चयन समिति संयोजक लक्ष्मण थापाले काजी रोशनले साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । कार्यक्रममा लोकगायिका मनकुमारी थापा, शान्ति गुरुङ, साहित्यकार देवेन्द्र केसी, दुर्गाबहादुर शाह, भीम रानाभाट, हनिफ मियाँ, सुरज पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको उक्त समारोहमा सदस्य कृष्णप्रसाद पौडेलले स्वागत र सचिव पदमराज ढकालले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->