आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फ्लाई दुबईद्वारा पोखरा–दुबई उडानको बुकिङ खुला

फ्लाई दुबईद्वारा पोखरा–दुबई उडानको बुकिङ खुला


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २८ २०८३, बिहिबार

पाेखरा/  फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र दुबईबीच आगामी सेप्टेम्बर २३ (असोज ७) गतेदेखि सञ्चालन हुने नियमित उडानको बुकिङ खुला गरेको छ। कम्पनीले बुकिङ खुलाएको जानकारी आफ्नो फेसबुक पेजमार्फत बिहीबार सार्वजनिक गरेको हो ।

फ्लाई दुबईले असोज ७ गतेदेखि दुबई अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच दैनिक उडान सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीले संयुक्त अरब इमिरेट्सबाट पोखरामा नियमित सेवा सञ्चालन गर्ने पहिलो वायुसेवा कम्पनीका रूपमा यो रुट सुरु गर्न लागेको उल्लेख गरेको छ ।

कम्पनीले पोखरालाई ‘हिमालयको भूमि’को दोस्रो ठूलो सहर तथा नेपालको प्रमुख पर्यटन केन्द्रका रूपमा उल्लेख गर्दै यात्रुहरूलाई नयाँ गन्तव्यको अनुभव लिन आग्रह गरेको छ। उडान सुरु हुनुअघि फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी र सञ्चालन प्रणालीको विस्तृत अध्ययन गरेको थियो। उच्चस्तरीय निरीक्षणपछि कम्पनीले नियमित उडानका लागि आवश्यक अनुमति पाएको हो।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->