बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होममा २० प्रतिशतसम्म छुट

रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होममा २० प्रतिशतसम्म छुट


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २८ २०८३, बिहिबार

काठमाडौँ / रिलायन्स फाइनान्स लिमिटेड र हेल्दी होमबिच ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार फाइनान्सका ग्राहक र कर्मचारीहरूले हेल्दी होमले उपलब्ध गराउने शरीरको तौल घटाउने, तथा छाला एवं कपालको हेरचाह प्याकेजमा २० प्रतिशत छुट पाउनेछन् । यसका साथै हेल्दी होमका अन्य विभिन्न प्रोडक्टहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट व्यवस्था गरिएको छ ।

यो सुविधा प्राप्त गर्नका लागि ग्राहक तथा कर्मचारीहरूले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ सेवा वा एटीएम कार्डमार्फत भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ । देशैभर २१ वटा शाखाहरू मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको रिलायन्स फाइनान्सले ग्राहकहरूको हितलाई ध्यानमा राखी यसअघि पनि विभिन्न संघ(संस्थाहरूसँग सहकार्य गरेर यस्ता छुट तथा नवीन सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->